काठमाडौं । वि.सं. २०७७ जेठ ०५ गते । सोमवार । इ.स.२०२० मे १८ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा ।
जेष्ठ कृष्णपक्ष । तिथी– एकादशी,१५ बजेर ५९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– उत्तरभाद्रपदा,१८ बजेर ०२ मिनेट उप्रान्त रेवती ।
योग प्रिति,अहोरात्र । करण– बालव,१५ बजेर ५९ मिनेट उप्रान्त कौलव,२९ बजेर ०० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–गद योग ।
चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ६ बजेर १५ मिनेटमा, सूर्यास्त १८ बजेर ४६ मिनेटमा । दिनमान ३३ घडी ४७ पला । पञ्चक । कूर्म जयन्ती । अपरा एकादशी व्रत।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।
आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यवसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पूर्ति गर्न सकिनेछ ।
पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गरि कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्न सकिनेछ ।
प्रविधिको प्रयोग गरि अध्ययन गर्नाले प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ ।
समाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,ईज्जत प्रतिष्ठामा बृद्धी भएर जानेछ ।
अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला ।
अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ ।
पढाई लेखाईको लागि समय उत्तम रहेको छ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।
प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफन्त तथा दिदि बहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ ।
व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।
सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रविधिको प्रयोग गरि बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ ।
आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
वौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा सन्तानबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन पाईनेछ ।
राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रशन्न हुनेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राजनीतिकर्मि तथा समाजसेवीहरुका लागि समय सध्यम रहेकोले जनताको समर्थन पाईने छैन । घर जग्गा तथा सवारी साधन सम्बन्धि लफडा पर्न सक्छ ।
आफन्त तथा आमासँग मनमुटाव बढ्ने वा घरबाट टाडा जानु पर्ने हुन सक्छ । पढाई लेखाईमा भनेजस्तो सुधार हुने छैन ।
प्रेममा मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । दाजुभाई तथा छिमेकीको साथ पाईनेछ ।
लेखन तथा साहित्यमा रुची बड्नेछ ।सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ ।
प्रेमिल जोडीहरुका लागि समय उत्तम रहेको छ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । तर पनि व्यापारमा मन्दि आउनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रविधिको प्रयोग गरि नयाँ तथा रचानात्मक काम गर्न सकिनेछ । सामाजिक काममा होमिने हरुका लागि समयले साथ दिनेछ ।
अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुशी हुनेछन् ।
प्रमेमा रमाउन चाहनेहरुका लागि समय उत्कृष्ट रहेको छ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया