कसरी सुरु भयो भ्यालेन्टाइन डे ?

प्रेमीप्रेमीकाहरुले प्रेमको प्रतीक रातो गुलाब साटासाट गरी मनाउने बुधबार भ्यालेन्टाइन डे मनाउँदै छन् । यसो त भ्यालेन्टाइन डेकै दिन औपचारिक रुपमै प्रेम प्रस्ताव राख्ने प्रचलन पनि युवापुस्तामा रहेको छ पश्चिमा सँस्कृति भए पनि यस दिवसले नेपालमा पनि स्थान पाइरहेको छ । नेपाली युवा युवतीहरुले पनि यो दिवसलाई बिशेष महत्वको रुपमा मनाउने गर्दछन् । बिशेषगरी पार्क तथा मन्दिरहरुमा युवा युवतीहरुको भिड लाग्ने गरेको छ इसार्पूव २७० मा रोमका राजा क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोहि नलाग्ने र शान्ति सुरक्षामा खलल पुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिवन्ध लगाएका थिए तर पादरी भ्यालेन्टाइनले राजाको आदेश अस्वीकार गर्दै प्रेम गरेपछि उनलाई फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सोही दिनको सम्झनामा हरेक फेब्रुअरी १४ तारिखलाई भ्यालेन्र्टाईन डे को रुपमा मनाइँदै आएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?