काठमाडौं ।नेपालमा सोमवार एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार बिहान ९ जना र दिउँसो ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमवार बिहान कोरोना संक्रमण पुष्टि हुनेमा रौतहट इशनाथ नगरपालिका वडा नं २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहट माधवनारायण नगरपालिका निवासी २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । भने बारा करैयामाई ५ निवासी ३८ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोमवार दिउँसो थप ५३ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको विवरण अनुसार बाँकेका ४६ जना पुरुष र १ महिला गरी ४७ जनामा कोरोना पुष्टि भएको हो ।
उनीहरुको भेरी अस्पतालमा गरीएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।
त्यस्तै सोमवार दिउसो विराटनगरका १ पुरुष (मोरङको प्रयोगशालामा परीक्षण), गुल्मीका ४१ वर्षीय १ पुरुष(भैरहवाको प्रयोगशालामा परीक्षण) मा कोरोना संक्रमण देखिएको हो । भने धनुषाका १, रौतहटका १, दाङका १ र धादिङका १ गरी ६ जना पुरुषमा काभ्रेको धुलिखेल अस्पतालमा गरीएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ जना पुगेको छ । ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने २ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया