काठमाडौं । कोरोना भाइरसको उपचारलाई लिएर केहि कम्पनीहरुले विभिन्न दाबी गरिरहेका छन् ।
हालै मात्र अमेरिकास्थित क्यालिफोनिर्याको एक कम्पनीले कोरोना भाइरसको उपचार पत्ता लगाएको दाबी गरेको छ ।
बायोटेक कम्पनी सोरेन्टो थेरापेटिक्सको दाबी छ कि, उसले STI-1499 नामको एक एन्टीबडी तयार पारेको छ ।
यसले कोरोना भाइरस फैलिनबाट शतप्रतिशत नै रोक्न सक्षम छ । यो भन्दा पहिला इजरायल र इटालीका कम्पनीहरुले कोरोना भाइरसको भ्याक्सीन बनाएका थिए ।
कम्पनीका अनुसार यो एन्टीबडी कोरोना भाइरसलाई मानिसको कोशिकाहरुमा संक्रमण फैलिनबाट सय प्रतिशत नै रोक्छ ।
मिडिया रिपोर्टका अनुसार कम्पनी अहिले न्युयोर्कको माउण्ट सिनई स्कूल अफ मेडिसीनसँग मिलेर विभिन्न एन्टीबडी निर्माण गर्न लागि परेको छ । कम्पनीले एक महिना भित्रमा एन्टीबडीका दुई लाख डोज बनाउने दाबी पनि गरेको छ ।
कम्पनीले माग्यो ‘एफडीए’ सँग मञ्जुरी
कम्पनीले एन्टीबडीलाई मञ्जुरी दिनका लागि आवेदन दिएको छ । एन्टीबडीको प्रयोगलाई लिएर अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) मा निवेदन दिएको छ ।
कोरोना भाइरसको महामारीका कारण सारा विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख १७ हजार ३६३ जनाको मृत्यु भईसकेको छ भने ४८ लाख ४० हजार ७५४ जनालाई संक्रमण भएको छ ।
अमेरिका सबैभन्दा धेरै प्रभावित
अमेरिका कोरोना भाइरसका काराण सबैभन्दा धेरै प्रभावित भएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा ९१ हजार ७७ जनाको मृत्यु भईसकेको छ भने १५ लाख ३२ हजार २४६ जनालाई संक्रमण भएको छ ।
एक अनुमानका अनुसार एक जूनसँग एक लाख भन्दा धेरै मृत्यु हुन सक्नेछ । अमेरिकासँगै स्पेन, इटाली र ईरानमा कोरोना भाइरसले तहसनहस बनाएको छ ।
प्रारम्भिक बायोकेमिकल र बायोफिजकल विश्लेषणहरुले एसटीआई १४९९ बलियो किसिमको एन्टीबडी औषधि हो भनेर संकेत गरेको छ ।
कम्पनीका सिइओ हर्ने जीले दाबी गरेका छन् कि, यो औषधिले असाधारण उपचारत्मक क्षमता देखाउँदछ । यस औषधिका विषयमा आवश्यक नियामक अनुमोदन प्राप्त भएपछि जीवन बचाउन सक्दछ ।
कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ कि, यो एन्टीबडी सार्स कोभिड २ भाइरसमा पनि प्रयोग गरिएको थियो ।
थेरापिसले भनेका छन् कि, सार्स कोभिड २ मा जस्तै सुरक्षात्मक ढालको रुपमा काम गर्ने विश्वाससहित लागेको बताएका छन् । यस बारेमा छुट्टै टिमले गहन अध्ययन पनि गरिरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया