कोरोनाबाट ज्यान गुमाउने युवकको गाउँपालिकाका १२ जनामा कोरोना पुष्टि

काठमाडौं । बाँके नरैनापुरमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयको पछिल्लो विवरण अनुसार बाँके नरैनापुर निवासी १२ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनप्हरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । आज दिउँस मात्रै बाँकेका ४६ जना पुरुष र १ महिला गरी ४७ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्ते हिजो मात्रै बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टि भएको थियो । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्युहुनेको संख्या २ पुगेको छ । उनको हिजो बिहान ६ बजे एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?