काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले सरकारले जारी गरेको नयाँ नक्सा पास होला वा नहोला भन्ने कुरामा आशंका व्यक्त गरेका छन् । मंगलवार प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधन गर्ने क्रममा प्रश्न गर्दै केही मानिसहरुले उक्त कुरामा आशंका गरेको संकेत गरी नयाँ नक्सा भूमी फिर्ता गर्नका लागि नभएर आफ्नो महिमा मण्डनको लागि प्रयोग गर्नेमा आशंका रहेको बताएका छन् ।
यसै सन्दर्भमा उनले भने, “केही मानिसहरु शंका गर्दैछन् कि प्रधानमन्त्री ज्यूले अब यो नक्सा भूमी फिर्ता गर्नका लागि पहलकदमीका लागि होइन, बरु नक्सा जारी गरेकोमा महिमा मण्डन गर्दै गराउँदै आफ्नो घर भित्रको कमिकमजोरीलाई ढाकछोप गर्नका लागि प्रयोग गर्नुहुनेछ ।”
साथै सांसद थापाले प्रधानमन्त्रीले जारी गरेको नयाँ नक्सालाई भूमी फिर्ता गर्नका लागि प्रयोग गर्ने आशा रहेको विश्वास समेत व्यक्त गरेका छन् ।
महासंकटका बेला घर आउन चाहने नेपाली नागरिकहरुलाई पटक पटक नेपाल ल्याउनको लागि सरकारलाई दवाव दिइरहेका छन् । यसै क्रममा उनले भने, “महासंकटको बेला घर भित्र रहेका र घर आउन चाहने आफ्नो जनता जोगउने दायित्वबाट पन्छिनको लागि यो नक्साको कदाचित पनि प्रयोग गर्नुहुनेछैन् ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया