‘देश आतंकित भएका बेला कसैले भ्रष्टाचार गर्छ भने हदैसम्मको कारबाही हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको बेला भष्ट्राचार गर्नेलाई हदैसम्मको कारवाही हुने बताएका छन् ।

यसअघि चीनबाट ल्याउन लागिएको स्वास्थ्य उपकरण लगायतका जाँचका सामाग्रीमा अनियमितता भएको कुराको स्मरण गराउँदै कारवाही गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

संसदमा सम्बोधनका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै महामारीको बेला भष्ट्राचार गर्नेहरुलाई हदैसम्मको कारवाही गरिने बताए ।

उनले भने, “यस्तो माहामारीमा जनताको जीउ जोगाउन लाग्न पर्नेमा यस्ता लापरबाही र भ्रष्टाचार गर्नुभएको रहेको रहेछ भने यो महामारीपछि हदैसम्मको कारवाहि गरीने आस्वस्त पार्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?