काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संसदबाट पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते संसदको संयुक्त बैठक(प्रतिनिधि सभा र प्रदेश सभा) मार्फत आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । केहीदिनको छलफलपछि मंगलवार संसदबाट नीति तथा कार्यक्रम पारित भएको हो ।
प्रधानमन्त्री ओलीले मंगलवार संसदमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए । र केही सांसदहरुले नीति तथा कार्यक्रम संसोेधनका लागि प्रस्तावहरु समेत दर्ता गराएका थिए ।
साथै सरकारले ल्याएको नीति कार्यक्रम संसदबाट बहुमतका आधारमा सबै संशोधन प्रस्ताव अस्वीकृत भएसँगै नीति तथा कार्यक्रम निर्णयार्थ संसदमा प्रस्तुत भएको छ । आज संसदबाट पारित भएको नीति तथा कार्यक्रमका आधारमा नै आगामी जेठ १५ गते बजेट ल्याउन ल्याउने छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले आक्रान्त बनाइरहेको यस बेलामा सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याउने जनाएको छ ।
नीति तथा कार्यक्रमले घोषणा गरेका योजनाहरुमा बजेटले आर्थिक विनियोजन गर्नेछ ।
कोरोनाले असर पारेको यस अवस्थामा सरकारले अर्थतन्त्रमा परेको असरलाई कम गर्न राहत प्याकेजसहितको बजेट ल्याउने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया