नेपालमा ६२ वर्षीय पुरुषले जिते कोरोना, उपचारपछि निको भएर ३७ जना घर फर्किए

काठमाडौं । नेपालमा थप १ जना कोरोना जितेर घर फर्किएका छन् । कोरोना निको हुनेमा झापाका ६२ वर्षीय पुरुष रहेका छन् । उनको पछिल्लो समय गरिएको परीक्षण पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै उनी कोशी अस्पतालमा उपचाररत रहेका थिए । कोरोना निको भएसँगै उनी २४ औँ दिनमा घर फर्किएको मन्त्रालयले जनाएको छ ।

त्यससँगै नेपालमा कोरोना उपचारपछि निको भएर घर फर्किनेको संख्या ३७ पुगेको छ । भने ४ सय २ जनामा कोरोना संक्रमण देखिएको र २ जनाको कोरोना संक्रमणको कारण ज्यान गइसकेको छ ।

नेपालमा आजै मात्र २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?