काठमाडौं । प्रदेश नम्बर १ को धनकुटामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनकुटा जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमित ४ जना स्वास्थ्यकर्मी र अर्का एक जना स्वास्थयकर्मीको आफन्त रहेको बताइएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जनाएको हो।
योसँगै धनकुटामा ६ जनामा कोराना संक्रमण देखिएको छ । १ जना यसअघि नै पुष्टि भइसकेका छन् । आजै २७ जना कोरोना संक्रमण पुष्टि भएकोमा यो संख्या बढेर ३२ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया