मनिषा कोइरालाले नेपालबारे बोलेपछि खनिए भारतीय मिडिया, के लेखेकी थिईन् ?

काठमाडौं । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको नयाँ नक्सा सार्वजनिक गरेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बहसहरु हुन थालेका छन् ।

यसैक्रममा नेपाली अभिनेत्री मनिषा कोइरालाले गरेको एक ट्वीटप्रति भारतीय मिडियाहरु खनिएका छन् । उनले लामो समय बलिउडमा काम गरेका कारण नेपालको विषयमा खुलेर प्रशंसा गरेकाले भारतीय मिडियाहरुले खनिएका हुन् ।

नेपालले नयाँ नक्सा जारी गरेसँगै उनले ट्वीट गर्दै नेपाल सानो भएपनि आत्मसम्मान राख्न सफल भएकोमा खुसी व्यक्त गरेकी थिइन् । उनले लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

यस विषयमा भारतका साना देखि ठुला मिडियाहरुले त्यसको प्रतिरोध गरिरहेका छन् । कतिपय मिडियाहरु त चीनको इशारामा मनिषाले उक्त ट्वीट गरेको दाबी गरेको आरोप लगाउँछन् ।

यसैक्रममा भारतको एबीपी टेलिभिजनले भनेको छ, ‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो । तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ ।

मनिषाको उक्त भनाइपछि सञ्चार माध्यममा मात्र होइन सामाजिक सञ्जालमा समेत जाइलागेका छन् ।

त्यतिमात्र नभएर मंगलवार संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस कडा भयो भन्ने प्रशंगमा पनि भारतीय मिडियाहरुले खण्डन गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?