गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर

काठमाडौं । गुल्मीका ४१ वर्षीय कोरोना संक्रमितको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

गुल्मी मदाने गाउँपालिकाका वडा नं ६ निवासी ती पुरुषमा शुरुमा ज्वरो आउने तथा टाउको दुख्ने समस्याका कारण रुपन्देहीको क्रिमसन अस्पताल भर्ना भएका थिए ।

उपचारको क्रममा उनमा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर परीक्षणको लागि प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । र परीक्षणका क्रममा कोरोना पाजेटिभ देखिएको थियो ।

उनको अवस्था गम्भीर रहेको तर केही मृत्यु भयो भनि सामाजिक सञ्जाल तथा मिडियामा आएको समाचार प्रति अस्पतालले एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ । अस्पतालका अनुसार बिरामीको अवस्था गम्भीर रहेको र भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?