भारतले मिचेको नेपाली भूमी समेटेर जारी भयो नेपालको राजनैतिक नक्सा

काठमाडौं । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

गत जेठ ५ गते बसेको मन्त्रीपरिषद्को बैठकबाट नेपालको ती भूभाग समेटिएको नक्सा पारित गरिएको थियो । बैठकले लिपुलेक, लिक्पियाधुरा र कालापानी समेटिएको नक्सा स्वीकुत गरेको थियो ।

आइतवारको मन्त्रीपरिपरिषद्मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सो नक्सा पेश गरेकी थिइन् ।

नेपाल, भारत र चीनको त्रिदेशीय नाका पर्ने उक्त नेपालको भूभागबाट मानसरोवर जोड्ने गरी भारतले एकलौटी रुपमा बाटो खनेर उद्घाटन गरेसँगै त्यसको विरोध भएको थियो ।

आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले नक्सा सार्वजनिक गरिने उद्घोष गरेकी थिइन् ।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते संसदमा सम्बोधन गर्ने क्रममा जसरी पनि आफ्नो भूभाग फिर्ता ल्याउने अडान लिएको बताएका थिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा बुधबार दिउँसो औपचारिक रुपमा सार्वजनिक गरेको हो । जहाँ ७५३ वटै स्थानीय तह र अन्तर्राष्ट्रिय नाका समेत तोकिएको छ ।

नक्सा जारी गर्दै भूमी व्यवस्था मन्त्री अर्यालले भनिन, “हामीसँग प्रयाप्त प्रमाण छ तथ्यका आधारमा यो नक्सा सार्वजनिक गरेका हौँ, यसले नेपालको मनोवल उच्च बनाउनेमा विश्वस्त छौ। हाम्रो भूभाग जोगाउन दुढ संकल्प र अटल आत्मविश्वास सहित लागि रहने छौ ।”

यसअघि मंगलबार मुख्य सचिव लोकदर्शन रेग्मीले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गरेका थिए ।

उक्त अतिक्रमित भूमी बाहेक नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?