काठमाडौं । वि.सं. २०७७ जेठ ०८ गते । बिहीवार । इ.स.२०२० मे २१ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर ।
उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । जेष्ठ कृष्णपक्ष । तिथी– चतुर्दशी,२१ बजेर ४१ मिनेट उप्रान्त औशीं ।
नक्षत्र– भरुणी,२५ बजेर २८ मिनेट उप्रान्त कृतिका । योग सौभाग्य,०६ बजेर ५० मिनेट उप्रान्त शोभन । करण– भद्रा,०८ बजेर ५२ मिनेट उप्रान्त शकुनि,२१ बजेर ४१ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–पद्य योग ।
चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ६ बजेर १३ मिनेटमा, सूर्यास्त १८ बजेर ४८ मिनेटमा । दिनमान ३३ घडी ५५ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रविधिको प्रयोग गरि विद्यार्थीहरुले राम्रो नतिजा ल्याउन सक्नेछन् । आफन्त तथा परिवारका साथ रमाईलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
प्रणय सम्बन्धमा सुधारको संकेत देलिखनेछ । दैनिक समस्याहरु सुल्झाउँदै बढ्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाई लेखाईमा मन नजादा नतिजा अरुतिर जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ ।
प्रेममा धोका हुन सक्छ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । दाजुभाई तथा अग्रजहरुको सहयोग पाईनाले नयाँ काम गर्न सकिनेछ ।
प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुशी हुनेछन् ।
माया प्रेममा सामिप्यता बढ्नेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि आगामि दिनमा आम्दानी गर्न सकिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ ।
प्रशासनिक काममा केही ढिला सुस्तिको चपेटामा परिए पनि अन्ततः काम हुनेछ । व्यापार व्यवसायमा मन्दी आउने तथा घाटा लाग्नेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनुहोला ।
आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हाँसिल हुनेछ । अध्ययनमा अलि बढिनै समय खर्चंदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुनसक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउनेछ ।
सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पत्ती तथा उपहार प्राप्तीको योग रहेको छ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनः जोडिनेछन् ।
पढाई लेखाईमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरुवर्गहरु खुशी हुनेछन् । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रविधिको प्रयोग गरि अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्नेछन् ।
प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न ।
व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागि समय मध्यम रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रविधिको प्रयोग गरि अध्ययन गर्नाले उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने काम फस्टाएर जानेछ ।
भौतिक सम्पत्ती तथा आफन्तको समयोग जुट्नाले कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रयत्न गर्दा आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बोलिको प्रभाव घट्न सक्छ ध्यान दिनुहोला । परिवारका साथ बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आए पनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
पढाई लेखाईमा अलि बढि ध्यान दिँदा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया