थप २५ जनामा कोरोना संक्रमण, नेपालमा ४२७ पुगे संक्रमित

काठमाडौं । बुधवार नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन् भने त्यसमा ७ जना महिला र १८ जना पुरुष रहेका छन् ।

आज थपिएका संक्रमितहरु बाँके धनकुटा कपिलवस्तु र नवलपरासी(पश्चिम)का रहेका छन् ।

बाँकेमा मात्र आज ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुमा बाँके नरैनापुर (५)का १७, २०, २८, ३०, ४० वर्षका उनीहरु हुन् भने खजुराका २७ वर्षीय पुरुष रहेका छन् ।

कपिलवस्तुमा आज मात्रै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा पोजेटिभ पाइएका संक्रमितहरु कपिलवस्तुको विजयनगर क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुषहरु रहेका छन् ।

त्यस्तै महाराजगञ्ज गाउँपालिकामा रहेको क्वारेन्टाइनमा ३, ४ र ६ वर्षका बालबालिका रहेका छन् भने त्यहिँको क्वारेन्टाइनमा रहेका वर्ष १६, २५ र ३२ वर्षीया महिलाहरु रहेका छन् । त्यस्तै सोहि क्वारेन्टाइनमा रहेका १२, २०, २४ र ३४ वर्षका पुरुषहरु रहेको मन्त्रालयले बताएको छ ।

त्यस्तै धनकुटामा आज ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा २८, २९, ३५ र २७ वर्षीय पुरुषहरु तथा २४ वर्षीया महिला रहेकी छिन् । उनीहरु हाल धनकुटामा बस्दै आएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आजै नवलपरासी (पश्चिम)मा पनि १ जनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी (पश्चिम)मा स्थित सुस्ता गाउँपालिकाका बेलपानी क्वारेन्टाइनमा रहेका २४ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यसरी हालसम्म नेपालमा ४ सय २७ जनामा संक्रमण फैलिएको र जसमध्ये ३ सय ५८ जना पुरुष रहेका छन् भने ६९ जना महिलाहरु रहेका छन् ।

उनीहरु चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा मंगलवार (हिजो) एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलवार कपिलवस्तुका ४ जना, सुनसरीका १, झापाका ९, सर्लाहीका २, काठमाडौंका ३, सिन्धुलीका १, रामेछापका १, लमजुङका १, मकवानपुरका १, मोरङका १,नवलपारासीका १, ललितपुरका १ र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मंगलवार थपिएका संक्रमितहरु १७ देखि ४२ वर्ष उमेर समुहका हुन् । उनीहरुमध्ये २४ जना पुरुष र ३ जना महिला रहेका रहेका थिए ।

नेपालमा पछिल्लो समय कोरोना परीक्षण दायरा बढाएसँगै संक्रमितको संख्या बढ्न थालेको छ । हालसम्म नेपालमा ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बुधवार मात्रै कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने २ जनाको कोरोनाको कारण ज्यान गइसकेको र एक जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?