काठमाडौं । गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुष भ्यान्टिलेटरमा छन् । गुल्मीका ४१ वर्षीय कोरोना संक्रमित ति पुरुषको अवस्था गम्भीर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
गुल्मी मदाने गाउँपालिकाका वडा नं ६ निवासी ती पुरुषमा शुरुमा ज्वरो आउने तथा टाउको दुख्ने समस्याका कारण रुपन्देहीको क्रिमसन अस्पताल भर्ना भएका थिए ।
उपचारको क्रममा उनमा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर परीक्षणको लागि प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । र परीक्षणका क्रममा कोरोना पाजेटिभ देखिएको थियो ।
उनको अवस्था गम्भीर रहेको तर केही मृत्यु भयो भनि सामाजिक सञ्जाल तथा मिडियामा आएको समाचार प्रति अस्पतालले एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ । अस्पतालका अनुसार बिरामीको अवस्था गम्भीर रहेको र भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
उनको स्वास्थ्यबारे फैलिएको भ्रम मेटाउँदै मन्त्रालयले उनको अवस्थाबारे स्पष्ट धारणा सार्वजनिक गरेको हो ।
थप २५ जनामा कोरोना संक्रमण
बुधवार नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित हुनेमा ३ देखि ४८ वर्ष समुहका रहेका छन् ।
उनीहरु चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा मंगलवार एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मंगलवार कपिलवस्तुका ४ जना, सुनसरीका १, झापाका ९, सर्लाहीका २, काठमाडौंका ३, सिन्धुलीका १, रामेछापका १, लमजुङका १, मकवानपुरका १, मोरङका १,नवलपारासीका १, ललितपुरका १ र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मंगलवार थपिएका संक्रमितहरु १७ देखि ४२ वर्ष उमेर समुहका हुन् । उनीहरुमध्ये २४ जना पुरुष र ३ जना महिला रहेका रहेका थिए ।
नेपालमा पछिल्लो समय कोरोना परीक्षण दायरा बढाएसँगै संक्रमितको संख्या बढ्न थालेको छ । हालसम्म नेपालमा ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बुधवार मात्रै कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने २ जनाको कोरोनाको कारण ज्यान गइसकेको र एक जनाको अवस्था गम्भीर रहेको छ ।
निको हुनेको संख्या ४५ पुग्यो
नेपालमा आज थप ८ जना कोरोना संक्रमितहरु उपचार पछि निको भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोशी अस्पतालमा उदयपुरका उपचाररत ८ जना पुरुषहरु उपचार पछि निको भएका हुन् ।
उनीहरु २९ देखि ३३ दिनसम्म उपचार गरेपछि निको भएका छन् ।
यसैबीच नेपालमा आज मात्रै २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२७ पुगेको हो । आज भेटिएका कोरोना संक्रमितहरु ३ देखि ४७ उमेरका रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमणको कारण २ जनाको मृत्यु भईसकेको छ भने १ जनाको अवस्था गम्भीर रहेको छ ।
यो पनि पढ्नुहोस् : जनस्वास्थ्यविद् डा.पाण्डेको निस्कर्ष – नेपालका विभिन्न गाउँमा कोरोना संक्रमणको अवशेष छ ‘टास्क फोर्स’ बनाऔँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया