काठमाडौं । चीनमा फेरी कोरोना संक्रमण फैलिन सक्ने चेतावनी दिइएको छ । शीर्ष स्वास्थ्य सल्लाहकारका अनुसार चीनका मानिसहरुको इम्युनिटी पावर अत्याधिक कम छ ।
यस्तो अवस्थामा देशमा फेरी महामारीको चुनौति खडा हुन सक्ने बताइएको छ । यो चेतावनी चीनका शीर्ष मेडिकल एडभाइजरले दिएका हुन् ।
स्वास्थ्य सल्लाहकार डाक्टर झोंग नानशानले एक विशेष साक्षात्कारमा धेरै चिनियाँ नागरिकहरुले अहिले पनि चुनौतिको सामना गरिरहेको बताएका छन् ।
उनको विचारमा यो अवस्था अन्य देशहरुको तुलनामा अझै पनि राम्रो छैन । डाक्टर झोंग चीनमा लोकप्रिय व्यक्ति मध्येका एक हुन् ।
उनलाई सन् २००३ मा ‘सार्स हिरो’को रुपमा बोलाइने गरिन्थ्यो ।
कोरोना भाइरसको संक्रमणलाई लिएर अहिले पनि झोंगको योगदान अत्याधिक रहेको छ । जनवरीमा उनले कोरोना भाइरसका बारेमा पहिलो चेतावनी दिएका थिए ।
उनले मानिसहरुमा यो भाइरस खतरा बनेर फैलिन सक्ने बताएका थिए । उनले सरकारलाई पनि यस बारेमा चेतावनी दिएका थिए ।
डाक्टर झोंगका अनुसार उनलाई परिणाममा विश्वास भएको थिएन । त्यसैले उनले बारम्बार वास्तविक आँकडा बताउनुपर्ने कुरामा जोड दिइरहेका थिए ।
चीनको वुहान शहरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
अहिलेसम्म चीनमा ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ भने ८२ हजार ९६७ जनालाई कोरोना संक्रमण भएको छ ।
कोरोना भाइरसको भ्याक्सीन बनि नसकेको कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५१ लाख ३ हजार ३५० जनालाई संक्रमण भएको छ भने ३ लाख २९ हजार ९२५ जनाको मृत्यु भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया