काठमाडौं । कोरोना भाइरसविरुद्धको औषधि अहिलेसम्म बन्न सकेको छैन । वैज्ञानिकहरु हरेक पल कोरोनाविरुद्धको भ्याक्सीन बनाउन लागि परेका छन् ।
यसैबीच वैज्ञानिकहरुले एउटा अर्को डरलाग्दो चेतावनी दिएका छन् । यो रिसर्च अमेरिकामा गरिएको थियो ।
जसमा वैज्ञानिकहरुले कोरोनाका बिना लक्षण वाला मानिससँग कुरा गर्नु पनि खतरनाक साबित हुनसक्ने बताएका छन् ।
अध्ययनमा बिना लक्षणवाला मानिस ठूलो स्वरमा बोल्दा पनि उसले एक मिनेटमा एक लाख भन्दा धेरै ड्रोपलेट्स मुखबाट हावाको रुपमा निकाल्दछ ।
त्यसै कारणले उक्त व्यक्तिसँग कुराकानी गर्ने व्यक्ति पनि कोरोनाको शिकार हुनसक्छ ।
अमेरिकाका वैज्ञानिकहरुले गरेका थिए अध्ययन
यो अध्ययन अमेरिकाका प्रसिद्ध स्टेनफोर्ड यूनिभर्सिटीका वैज्ञानिकहरुले गरेका थिए ।
उनीहरुका अनुसार मुखबाट निस्किने ड्रोपलेट्सलाई लिएर टेक्न्नीकबाट विश्लेषण गरेपछि यो अध्ययनको नतिजा निकालिएको थियो ।
यो अध्ययन प्रोसिडिंग्स अफ नेशनल एकेडेमी अफ साइन्सेज अफ यूएसएमा प्रकाशित भएको छ ।
एक मिनेटमा एक लाख ड्रोपलेट्स
यस अध्ययनसँग जोडिएका शोधकर्ताहरुले यदि व्यक्ति सामान्य तरिकाबाट कुराकानी गर्दछ भने ड्रोपलेट्स थोरै निस्किन्छ । तर ठूलो स्वरमा कुराकानी गर्ने व्यक्तिको मुखबाट एक मिनेटमा १ लाख ड्रोपलेट्स हावामा निस्किन् ।
जसका कारण एक हजार मानिस कोरोना भाइरसको शिकार हुन सक्दछन् । यो ड्रोपलेट्स १४ देखि २३ मिनेटसम्म हावामा जीवित रहन सक्छन् ।
कोरोना भाइरसको कहर लगातार जारी छ । विश्व महामारीसँग लगातार लडिरहेको छ ।
कोरोना भाइरसको कारण मृत्यु हुनेहरुको संख्या विश्वमा अहिलेसम्म ३ लाख ३० हजार ३६१ रहेको छ भने संक्रमितको संख्या ५१ लाख १३ हजार ७०६ रहेको छ ।
त्यस्तै २० लाख ३९ हजार ६९८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ६९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
कोरोनाबाट विश्वमा सबै भन्दा प्रभावित देश अमेरिका रहेको छ । जहाँ अहिलेसम्म ९४ हजार ९६३ जनाको मृत्यु भईसकेको छ भने १५ लाख ९३ हजार ४२९ जनालाई संक्रमण भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया