काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अद्यावधिक विवरण अनुसार झापामा थप ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भए सँगै प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ६६ रहेको प्रदेश नम्बर १ मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
त्यस्तै प्रदेश १ मा कोरोना उपचारपछि निको हुनेहरुको संख्या २६ रहेको पुगेको ।
हालसम्म पीसीआर विधिबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । भने आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।
त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने २ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया