जब नर्स भित्री पोशाकमै कोरोना संक्रमित पुरुषको वार्डमा छिरिन्…

काठमाडौं । यतिबेला सारा विश्वमा कोरोना भाइरसको महामारी व्याप्त छ । विश्वका २१३ वटा देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

यसैबीच रुसमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । कोरोना भाइरसको उपचारमा खटिएकी रुसकी एक नर्स भित्री पोशाकमै पुरुष वार्डमा पुगेपछि सबै अचम्मित बनेका छन् ।

सार्वजनिक भएको फोटोमा उनले भित्री पोशाक र पारदर्शी पीपीई लगाएको देख्न सकिन्छ ।
कोरोना संक्रमितको उपचार भईरहेको टुला शहरको एक अस्पतालको पुरष वार्डमा खटेकी २० वर्षकी नर्स भित्री वस्त्रमै पुरुष वार्डमा छिरेकी थिइन् ।

जब भित्री पोशाकमा उपचारमा संलग्न भएको खबर व्याप्त भएपछि उक्त नर्सलाई अस्पतालले बर्खास्त गरेको छ।

तर उनले नर्सले भने मौसम धेरै गर्मी भएका कारण आफू भित्री पोशाकमा बिरामीको उपचार गर्न गएको बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?