काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ ।
आज (बुधवार) बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले जेठ मसान्तसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
नेपालमा लकडाउन लम्बिएसँगै आगामी जेठ १८ गतेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएको थियो ।
जेठ ४ गते आइतवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याउने निर्णय गरे पनि हवाई उडानबारे निर्णय भएको थिएन ।
यसअघि मंगलवार(हिजो) बसेको समिति बैठकले विदेशमा अलपत्र नागरिकलाई ल्याउन विषयमा छलफल गरेको थियो । स्रोतका अनुसार बैठकको अन्तिममा आन्तरिक तथा वाह्य उडान रोक्न सम्बन्धी निर्णय भएको थियो भने आजको बैठकले उक्त निर्णयलाई पारित गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया