काठमाडौं । नेपालका कुल ७७ वटा जिल्ला मध्ये ३८ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।
नेपालमा आज (बिहीवार) थपिएका २६ जना संक्रमित सहित ४५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
साथै नेपालमा अहिलेसम्म ४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ३८ जिल्लाहरूको विवरणः
१. पर्सा ९१
२. कपिलवस्तु ५९
३. उदयपुर ३३
४. रुपन्देही २९
५. बाँके ९९
६. काठमाडौं १२
७. कैलाली ४
८. बारा ४
९. रौतहट २२
१०. धनुषा ८
११. वाग्लुङ्ग २
१२. चितवन ३
१३. झापा ३५
१४. सर्लाही ५
१५. महोत्तरी ३
१६. भक्तपुर ३
१७. बर्दिया २
१८. नवलपरासी (पश्चिम) ३
१९. कंचनपुर १
२०. भोजपुर १
२१. सप्तरी १
२२. नवलपरासी (पूर्वि) १
२३. धादिङ २
२४. मकवानपुर २
२५. सिरहा १
२६. दाङ ४
२७. काभ्रेपलान्चोक १
२८. सिन्धुपाल्चोक १
२९. धनकुटा ७
३०. मोरङ ४
३१. गुल्मी १
३२. सुनसरी ३
३३. दैलेख १
३४. खोटाङ्ग १
३५. ललितपुर १
३६. लमजुङ १
३७. सिधुली १
३८ रामेछाप १
जम्मा-४५३
आज सम्मको विवरण हेर्दा गत वर्षको माघ ९ गतेदेखि यस वर्षको जेठ ८ गतेसम्म ४ सय ५३ जनालाई संक्रमण पुष्टि भएको छ ।
नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्षणका लागि हङ्कङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामाग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया