काठमाडौं – नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिउँसो ४ : १५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका संक्रमितबारे जानकारी दिँदै कुल संक्रमित संख्या ४५३ पुगेको जनाएको हो । त्यस्तै आज नै थप ४ जनामा कोरोना निको भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ४९ जना पुगेको छ । आज एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
आज थपिएका संक्रमित कहाँका हुन् ?
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा रुपन्देहीका १ र झापाका ८ जना रहेका छन्। रुपन्देहीका २७ वर्षिय पुरुष एकजना, झापाका १७ वर्षिय पुरुष एकजना, १८ वर्षिय पुरुष २ जना, २० वर्षिय पुरुष २ जना, २३ वर्षिय, ५२ वर्षिय, ५५ वर्षिय एक एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि आजै थपिएका थिए १७ जना
यसअघि आजै नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयले आफ्नो फेसबुक पेजमा नोटिस राख्दै झापा, धनकुटा र सुनसरी जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको जनाएको छ । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्ष उमेरका पुरुषहरु रहेका थिए ।यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।
भारतीय क्वारेन्टाइनमा बस्दै आएका थिए बारामा कोरोना पुष्टि भएका ३० वर्षीय युवक
भारतीय क्वारेन्टाइनमा बस्दै आएका बाराका पचरौता नगरपालिका वडा नम्बर १ का एक जना युवकमा कोरोना भाइरस संक्रमण देखिएको छ । भारतको दिल्लीबाट केहीदिन अघि आएर क्वारेन्टाइनमा बसेका ३० वर्षीय युवकमा बिहीबार कोरोना भाइरस फेला परेको हो । भारतको दिल्लीबाट नेपाल आउने क्रममा सिमावर्ती आदापुरमा भारतीय प्रहरीले रोकेर सोही ठाँउमा रहेको क्वारेन्टाइनमा राखेको थियो । सोही क्रममा भारतीय प्रहरीले सो युवकको स्याब संकलन गरेको थियो ।
युवकमा पीसीआर रिपार्ट पोजेटिभ देखिएको भारतीय सुरक्षाकर्मीले आजै जानकारी दिएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिए ।
नेपालमा ४९ जनाले जिते कोरोना
नेपालमा स्वास्थ्योपचार पछि निको हुने कोरोना संक्रमितको कुल संख्या ४९ पुगेको छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट स्वास्थ्य लाभ गरी बुधवार ४ जना डिस्चार्ज भएसँगै नेपालमा स्वास्थ्योपचार पछि निको भएकाहरुको जम्मा संख्या ४९ पुगेको हो । कोरोना भाइरस ९कोभिड–१९० को रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज ९बिहीवार० डिस्चार्ज भएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले काठमाडौंको टेकु अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितहरु उपचार पछि निको भएको जानकारी दिएका हुन् । आज निको हुनेमा ३२ र २५ वर्षीया महिला तथा ३७ र २७ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पुरुष संक्रमित बढेको बढ्यै, कति पुगे नेपालमा ?
नेपालमा हालसम्म ३८३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । ७० जना महिलामा संक्रमण पुष्टि भएको छ । २ जना पुरुषको कोरोनाको कारण ज्यान गएको छ भने १ जना सुत्केरी महिलाको मृत्यु भएको छ ।
कुन उमेर समूह बढी प्रभावित ?
नेपालमा २ महिले शिशुदेखि ८४ वर्षिय वृद्धासम्मलाई कोरोना संक्रमण देखिएको छ । तर विशेषगरी १८ देखि ५० वर्ष उमेर समूहलाई यो संक्रमण बढी मात्रामा देखिएको छ ।
गुल्मीका कोरोना संक्रमितको मृत्यु
प्रदेश नम्बर ५ मा दोश्रो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीका संक्रमित ४१ वर्षीय पुरुषको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गम्भीर अवस्थामा भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान मृत्यु भएको हो ।
उनको शव भेन्टिलेटरबाट निकाल्न परिवारले स्विकृति पनि दिएको अध्यक्ष पाण्डेले बिहान लोकपथलाई बताएका छन् ।
टोखामा १३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ
कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले गरेको आरडिटी परीक्षण गरेको थियो । नगर प्रमुख प्रकाश अधिकारीले टोखाका ७९३ जनामा गरेको आरडिटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए । नगरपालिकाभित्रका तरकारी तथा फलफूल, किराना पसले, जनप्रतिनिधि, सुरक्षाकर्मी, विदेशबाट आएका व्यक्ति र विभिन्न जिल्लाबाट नगर क्षेत्रमा आएका व्यक्तिको सो परीक्षण गरिएको उनले बताए ।
पोजेटिभ देखिएकाको पिसिआर विधिबाट परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । बुधबार नगरपालिकाको वडा नं २ प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ७ हेराल्ड कलेज, वडा नं ५ श्रीसमाज र वडा नं ९ कान्तिपुर पब्लिक स्कूलमा परीक्षण गरेको थियो । नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको कोरोना सङ्क्रमणबाट मृत्युभएपछि हालसम्म सो नगरक्षेत्रमा अन्य व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको छैन ।
यसअघि मृतक सुत्केरी बस्दै आएको टोखा–९ बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गर्दा सबैको रिपोर्र्ट नेगेटिभ देखिएको थियो । नगरपालिकाले अन्य व्यक्तिको कोरोना जाँच गर्दै जाने जनाएको छ ।
आज लकडाउनको ५९ औं दिन, थप कडाई गरिँदै
कोरोना भाइरस (कोभिड—१९) को संक्रमण न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनको ५९ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लक डाउन पटक पटक समय थप गर्दै जेठ २० गतेसम्म पु-याइएको छ । लक डाउनपछि अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन् ।
पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पास वितरणमा पनि कडाई गरेको छ । अहिले लक डाउनको समयमा एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने नियम पनि लागु गरिएको छ ।
उपत्यकामा संक्रमण देखिन थालेपछि भित्रि गल्लिहरुमा स्थानीयले प्रवेश निषेध गरेका छन् । यद्यपी धेरै ठाउँमा खाद्यन्न र तरकारी पसलहरु भने सञ्चालनमा रहेका छन् ।
प्रहरीले अनावश्यक रुपमा हिडडुल गर्नेलाई कारवाही गर्ने गरेको छ । केही दिनअघि अत्यावश्यक सेवा र बैंकिङ क्षेत्रहरु र उद्योगहरु सञ्चालन गर्ने निर्णय सरकारले गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लक डाउन कडा पारिएको हो ।
कुन – कुन जिल्लामा कति जनामा देखियो संक्रमण ?
नेपालका कुल ७७ वटा जिल्ला मध्ये ३८ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । ४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ । नेपालमा आज (बिहीवार) थपिएका २६ जना संक्रमित सहित ४५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै नेपालमा अहिलेसम्म ४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ३८ जिल्लाहरूको विवरणः
१. पर्सा ९१
२. कपिलवस्तु ५९
३. उदयपुर ३३
४. रुपन्देही २९
५. बाँके ९९
६. काठमाडौं १२
७. कैलाली ४
८. बारा ४
९. रौतहट २२
१०. धनुषा ८
११. वाग्लुङ्ग २
१२. चितवन ३
१३. झापा ३५
१४. सर्लाही ५
१५. महोत्तरी ३
१६. भक्तपुर ३
१७. बर्दिया २
१८. नवलपरासी (पश्चिम) ३
१९. कंचनपुर १
२०. भोजपुर १
२१. सप्तरी १
२२. नवलपरासी (पूर्वि) १
२३. धादिङ २
२४. मकवानपुर २
२५. सिरहा १
२६. दाङ ४
२७. काभ्रेपलान्चोक १
२८. सिन्धुपाल्चोक १
२९. धनकुटा ७
३०. मोरङ ४
३१. गुल्मी १
३२. सुनसरी ३
३३. दैलेख १
३४. खोटाङ्ग १
३५. ललितपुर १
३६. लमजुङ १
३७. सिधुली १
३८ रामेछाप १
जम्मा-४५३
आज सम्मको विवरण हेर्दा गत वर्षको माघ ९ गतेदेखि यस वर्षको जेठ ८ गतेसम्म ४ सय ५३ जनालाई संक्रमण पुष्टि भएको छ ।नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्षणका लागि हङ्कङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामाग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको हो ।
धरानकी एक महिलामा कोरोना संक्रमण पुष्टि
सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको गिरानीमा रहेकी छन् ।
एकैदिन थपिए २६ कोरोना संक्रमित
नेपालमा बिहीवार २६ जनामा कोरोना संक्रमित थपिएका छन् । परीक्षणको दायरा बढाएसँगै नेपालमा ह्वात्तै संक्रमित बढीरहेका छन् ।
झापामा मात्रै २३ जनामा संक्रमण पुष्टि
आज देखिएका संक्रमित मध्ये झापाका मात्रै २३ जना रहेका छन् । बिहीवार बिहान थपिएका संक्रमितहरु झापाको कचनाकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्ष उमेरका पुरुषहरु हुन् । भने दिउँसो झापाका १८ वर्षीय २ जना पुरुष, २० वर्षीय २ जना पुरुष तथा १७, २३, ५२ र ५५ वर्षीय पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
तेस्रो मृतक गुल्मीका शिक्षक
प्रदेश नम्बर ५ मा दोश्रो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीका संक्रमित ४१ वर्षीय पुरुषको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।
गम्भीर अवस्थामा भेज्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान मृत्यु भएको हो । साथै उनको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
गुल्मी मदाने गाउँपालिकाका वडा नं(६ निवासी ती पुरुषमा शुरुमा ज्वरो आउने तथा टाउको दुख्ने समस्याका कारण रुपन्देहीको क्रिमसन अस्पताल भर्ना भएका थिए ।
उपचारको क्रममा उनमा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर परीक्षणको लागि प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । र परीक्षणका क्रममा कोरोना पाजेटिभ देखिएको थियो ।
दोस्रो मृतक बाँकेका
बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टि भएको थियो । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जेष्ठ ३ गते बिहान ६ बजे एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै उनको मृत्यु भएको थियो ।
पहिलो मृतक सिन्धुपाल्चोककी सुत्केरी महिला
गत जेष्ठ ३ गते शनिबार सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । उनी गत बैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकी थिइन् । बैशाख २४ गते सुत्केरी भएपश्चात २५ गते डिस्चार्ज भएर घर फर्किएकी थिइन् ।
उनले गत २४ गते बच्चालाई जन्म दिएकी थिइन् । त्यसपछि सिन्धुपाल्चोकको घरमा बस्दै आएकी उनमा अचानक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । कोरोनाको आशंकाकमा उनको स्वाब परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको दाहसंस्कार जेष्ठ ३ गते साँझ पशुपति आर्यघाटमा गरिएको थियो । उनको पशुपतिको विद्युतीय शवदाहगृहमा शनिबार राति दाहसंस्कार गरिएको थियो ।
कोरोनाका कारण उनको मृत्यु पछि उनका श्रीमान र परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसको मतलब उनीहरुमा कोरोना देखिएन । मृतक महिलाका श्रीमान, छोरा, आमा र बहिनीको नमुना संकलन गरिएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । धेरैले नवजात शिशुको स्वास्थ्यमा चिन्ता गरेका थिए । उनको पनि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोकको प्रशासनको समन्वयमा उनीहरुलाई घरमा लगिने, त्यहाँ लगेर १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि फेरि पीसीआर गरिने तयारी छ ।
त्यस्तै, उनको मृत्यु भएकै धुलिखेल अस्पतालबाट ओखलढुङ्गा पुगेका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । काभ्रेको धुलिखेल अस्पतालमा शनिवार कोरोनाबाट सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा उपचार गराएर आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरु धुलिखेल अस्पतालबाट शनिवार दिउँसो एम्बुलेन्समार्फत ओखलढुङ्गा पुगेका थिए । क्वारेन्टाइनमा पठाइएकामा सिद्धिचरण नगरपालिका–५ मा बस्दै आएका सोलुखुम्बुको नेचासल्यानका एक बिरामी, उनका भिनाजु, माइजू र एम्बुलेन्स चालक रहेका थिए ।
कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन कसरी गरीन्छ ?
विश्वभर स्वास्थ्य चुनौतिको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को महामारीबाट बच्न नेपालमा लकडाउन नीति अपनाईएतापनि हालसम्म ४ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजमात्रै नेपालमा कोरोना संक्रमणका कारण १ जनाको ज्यान गएको छ । तपाईलाई लाग्न सकछ, कोरोनाको कारण मृत्यु भएकाहरुको शव कसरी व्यवस्थापन गरीन्छ रु
कोरोना भाइरस ‘कोभिड १९’ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सरकारले यसअघि नै कार्यविधि बनाइसकेको छ। सोही कार्यविधिअनुसार सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शव व्यवस्थापन गरिएको थियो । अब आजका मृतकको पनि सोही कार्यविधी बमोजिम अन्तिम संस्कार गरिनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिमा मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी मृतकको जस्तो हुँदैन । अर्थात् परिवारले उनलाई टाढैबाट हेर्न पाउँछन् तर छुन वा अन्तिम संस्कार गर्न पाउँदैनन् ।
कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्छ ।
त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्छ भने मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउनुपर्ने हुन्छ ।
त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने हुन्छ ।
६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।
कोभिड-१९का कारणले मृत्यु भएका व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्न नपर्ने पनि कार्यविधीमा छ । यदि पोष्टमार्टम गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुनसक्ने हुनाले होसियारी अपनाएर गर्नुपर्ने उल्लेख रहेको छ । पोस्टमार्टम गरे यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर गर्न सकिने कार्यविधिमा उल्लेख छ ।
शवको कुनै भागबाट रक्तश्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गरेर सुरक्षित हुनुपर्छ ।
नेपालमा कति भयो परीक्षण ?
नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमूना परीक्षण गरिएको छ । बितेको २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश नम्बर १ मा ९ हजार ८ सय ३७, प्रदेश नम्बर २ मा ६ हजार २ सय ७९, वाग्मती प्रदेशमा १७ हजार ४ सय ४९ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ७ हजार १८, प्रदेश नम्बर ५ मा १० हजार ५ सय ६२, कर्णाली प्रदेशमा ७ हजार ६ सय ६५ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ४ सय ८५ वटा आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । अहिले देशभरीका क्वारेन्टाइनमा २५ हजार ३० जना रहेका छन् ।
कुन प्रदेशमा कति ?
प्रदेश १ मा – ८४ जना
प्रदेश २ मा – १३६ जना
वाग्मती प्रदेशमा – २६ जना
गण्डकी प्रदेशमा – ४ जना
प्रदेश ५ मा – १९७ जना
कर्णाली प्रदेश- १ जना
सुदूरपश्चिम प्रदेशमा – ५ जना
क्वारेन्टाईनमा कति छन् ?
देशभर २५ हजार ३० जना क्वारेन्टाईनमा छन् । तिमध्ये :
प्रदेश १ मा – १ हजार ३ सय ४९ जना
प्रदेश २ मा – ४ हजार ९ सय ६६ जना
वाग्मती प्रदेशमा – ५ सय २८ जना
गण्डकी प्रदेशमा- ५ सय ९१ जना
प्रदेश ५ मा – १४ हजार ७ सय ६० जना
कर्णाली प्रदेश मा – ७४१ जना
सुदूरपश्चिम प्रदेशमा – २ हजार ९४ जना
रेड जोनमा छन् ४३५ जना !
नेपालमा ४३५ जना कोरोना संभावित बिरामी छन् । मन्त्रालयको मोबाईल एप्लिकेसन र वेवपेजमार्फत् स्वमूल्याकंनको विवरण भर्ने कुल ४६ हजार ४ सय २७ जनामध्ये ४३५ जना संभावित विरामी रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा मात्रै ९७७ जनाले यस्तो स्वमूल्याकंन विवरण भरेका छन् । तिमध्ये ८ जना संभावित संक्रमित हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया