काठमाडौं । दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पा, लमही, तुल्सीपुर, घोराही नगरपालिका र सल्यान लगातका ठाँउहरुमा गरिएको नमुना परीक्षणका क्रममा १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा घोराही उपमहानगरपालिका ३ का ३७ वर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार विभिन्न ठाँउबाट ६९ जनाको नमुना संकलन गरी गरिएको पीसीआर परीक्षणका क्रममा ६८ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया