हरारे, ३ फागुन । जिम्बाबेका प्रभावशाली विपक्षी नेता तथा पूर्वप्रधानमन्त्री मोरगेन चाङ्गिराईको निधन भएको छ लामो समयदेखि क्यान्सरबाट पीडित रहेका ६५ वर्षीय चाङ्गिराइको दक्षिण अफ्रिकास्थित एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो मुभमेन्ट फर डेमोक्र्या्टिक चेन्ज (एमडीसी) का उपसभापति एलियास मुड्जुरीले बुधवार साँझ उनको निधन भएको पुष्टि गरेका छन् चाङ्गिराइ र उनले स्थापना गरेको एमडीसी पार्टीले पूर्वराष्ट्रपति रोबर्ट मुगाबे सत्तामा रहेका बेला उनलाई निरन्तर चुनौती दिदै आएको थियो जसका कारण उनी र उनका समर्थकले समेत कैयौं मुद्दा खेप्नुपरेको थियो सन् २००८ मा गठबन्धन सरकारमा सहभागी हुने चाङ्गिराइको निर्णयले वर्षौंदेखिको उच्च मुद्रास्फितिपछि देशको अर्थतन्त्र स्थिर बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया