काठमाडौं । कोरोना भाइरसको प्रकोप अहिले सारा विश्वमै बढ्दै गईरहेको छ ।
यो महामारीलाई रोक्नका लागि वैज्ञानिकहरु औषधि बनाउन खटिरहेका छन् भने देशले लकडाउन गरेका छन् ।
यसैबीच भारतको ओडिशामा एक मर्माहित घटना सार्वजनिक भएको छ । त्यहाँस्थित एक मन्दिरमा एक पुजारीले कोरोना भाइरस भगाउनका लागि एक व्यक्तिको घाँटी काटेर बली दिएका छन् ।
ओडिशाको कटक जिल्ला स्थित बन्धहुन्डा गाउँमा यो घटना भएको हो ।
त्यहाँ रहेको मन्दिरका एक पुजारीले भगवानले उसलाई सपनामा आएर मानव बली दिएपछि कोरोनाको कहर नष्ट हुने बताएपछि उनले त्यसो गरेको बताएका छन् ।
व्राह्मणी देवी मन्दिर परिसरमा पुजारीले सरोज कुमार नामक एक व्यक्तिको बली चढाएका हुन् ।
आरोपी पुजारीलाई अहिले गिरफ्तार गरेर अनुसन्धान भईरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया