प्रचण्डद्वारा “जनयुद्दका दुई दशक” तस्वीर प्रदर्शनीको उदघाटन, प्रकाशको सम्झना

काठमाडौं, ३ फागुन- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्द र शान्ति प्रक्रियासँग सम्बन्धित तस्वीर प्रदर्शनीको उद्घाटन गरेका छन दिवंगत प्रकाश दाहालको स्मृतिमा नेपाल सांस्कृतिक संग्रहालयले नेपाल आर्ट काउन्सिल बबरमहलमा आयोजना गरेको प्रदर्शनीको पानसमा बत्ती बालेर अध्यक्षले उद्घाटन गरेका थिए नेकपा (माओवादी) ले जनयुद्दको तयारी चरण, शुरुआत गरेको समय र त्यसपछि जनयुद्दका मुख्य मुख्य घटनाहरु, छापामारहरुको जीवन, युद्दकालका अन्य घटनासँग सम्बन्धित तस्वीर र शान्ति प्रक्रियासँग जोडिएका घटनाका तस्वीर प्रदर्शनीमा राखिएका छन् कार्यक्रमको उदघाटन अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपाली समाज र राजनीति अहिलेको अवस्थासम्म आइपुग्नुमा, संघीयता, लोकतन्त्र र समावेशी संविधान निर्माणदेखि कार्यान्वयनको चरणसम्म देशलाई ल्याई पुर्याउनुमा निर्णायक भूमिका खेलेको जनयुद्द र त्यसका पात्रहरुलाई झल्काउने गरी प्रदर्शनी आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?