प्रदेश १ को मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

विराटनगर, ३ फागुन – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गरेका छन् मुख्यमन्त्री राईले सरकारका प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गरेका छन् मुख्यमन्त्री राईका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले शहीदहरुको सम्झनामा एक–एक नमूना गाउँ बस्ती निर्माण गर्ने निर्णय गरेको छ । प्रदेश नं १ मा प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा शहादत दिनुभएका जननेता मदन भण्डारीको जन्मस्थल ताप्लेजुङको ढुङ्गेसाँघु, रत्नकुमार बान्तवाको जन्मस्थल इलाम, बमप्रसाद बान्तवाको हत्या गरिएको स्थल इलाम, चमेता, सुखानी हत्याकाण्डस्थल झापा, रामलक्ष्मणको हत्यास्थल ओखलढुङ्गा रामपुर र धनकुटाको छिन्ताङ हत्याकाण्डस्थल छन् त्यस्तै नेत्र गुरागार्इंको हत्यास्थल तेह्रथुमको आङबुङ, २००७ सालका योद्धा रामप्रसाद राईको जन्मस्थल भोजपुर, बासीखोरा, हरि नेपाल र चन्द्रबहादुरको हत्यास्थल संखुवासभा, सियाबुन, जमीन राईको हत्यास्थल भोजपुर, हतुवागढी आदि छन् । मन्त्रिपरिषद्को बैठकले २०७४ कार्य विभाजन, सम्पादन र प्रदेशस्तरको सार्वजनिक लिखित प्रमाणीकरण नियमावली स्वीकृत गरेको छ । चाँडै मन्त्रिमण्डलले पूर्णता लिने र महिला पनि मन्त्रिमण्डलमा सहभागी हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?