कोरोनाको प्रभाव पुस्तक छपाईमा, कति छ छाप्न बाँकी ?

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को प्रभाव पाठ्यपुस्तक छपाईमा पनि परेको छ ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी भएको लकडाउनका कारण पाठ्यपुस्तक छपाईको काम अझै सकिएको छैन् । अघिल्लो वर्षको विक्रिदर अनुसार छपाईको काम सकिएपनि यो वर्ष झण्डै २ करोड पुस्तक छाप्ने लक्ष्यअनुसार काम सुरु भएको जनक शिक्षाका सूचना अधिकारी चित्र आचार्यले बताए ।

यो वर्ष एक करोड ९७ लाख पुस्तक छपाई गर्ने लक्ष्य अनुसार काम थालनी गरिएकोमा कोरोनाका कारण लक डाउन भई काम ठप्प हुँदा अझ १५ प्रतिशत पुस्तक छाप्न बाँकी रहेको उनले बताए । उनका अनुसार कक्षा ६,७ र ८ का पुस्तक छपाईको काम बाँकी रहेको छ ।

जनक शिक्षाले अहिले दैनिक १ लाख २५ हजार पुस्तक छपाई गर्दै आएको छ । आगामी १५ दिनमा सम्पूर्ण छपाईको काम सकेर विद्यार्थीको हातमा पुस्तक पु¥याउने गरी काम भइरहेको छ । जनक शिक्षाले कक्षा ५ देखि १० सम्मका पाठ्य पुस्तक छपाईको काम गर्दै आएको छ । कक्षा एक देखि चार सम्म निजी क्षेत्रबाट छपाईको काम हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?