प्रभावकारी रुपमा किन हुन सकेन गुणस्तर अनुगमन ?

गगन अयडीधनगढी, फागुन–जनशक्ति अभावका कारण खाद्य गुणस्तर अनुगमनमा जोड दिन नसकेको धनगढीस्थित खाद्य तथा गुणनियन्त्रक कार्यालयले जनाएको छ बजारमा गुणस्तरहिन खाद्य वस्तुको बिक्री वितरण रोकिन नसकेको अवस्थामा कर्मचारी अभावमा बजार अनुगमन नहु“दा कालोबजारी रोकिन सकेको छैन यस चालु आर्थिक वर्षको ७ महिनामा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले १० व्यापारी फर्ममाथि मुद्दा दायर गरेको छ जनशक्ति अभावमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सुदूरपश्चिमका ९ वटै जिल्लामा खाद्यवस्तुको नियमित नियमन र अनुगमन गर्न नसकेको बताएको छ । अझ सुदूरपश्चिमाञ्चलका बैतडी, दार्चुला र बझाङ जिल्लामा भने कार्यालयको पह“ुच पुग्न सकेको छैन । जनशक्ति र अन्य साधन स्रोतको अभावका कारण यी जिल्ला साथसाथै अन्य सुगम जिल्ला भनेर चिनिने कैलाली र कञ्चनपुरमा समेत खाद्य स्वच्छता एवम् खाद्य गुणस्तर नियमनमा जोड दिन नसकेको कार्यालयका निमित्त प्रमुख कृष्णदत्त लेखकले बताए खाद्य ऐनमा दण्ड सजायको व्यवस्था निकै कम भएकाले मिसावटयुक्त एवम् न्यून गुणस्तरको खाद्य पदार्थ बिक्री वितरण गर्नेहरु निरुत्साहित हुन नसकेको अबस्था छ । हाल विस्तारै उपभोक्तामा चेतना अभिवृद्धि हुन थालेसंगै न्यून गुणस्तर एवम् अखाद्य वस्तु बिक्री वितरण गर्नेहरु निरुत्साहित हुन थालेको पनि पाइन्छ । तर यसको पुर्णरुपले न्यनिकरण भने हुन सकेको छैन । चालु आर्थिक वर्षको ७ महिनाको अवधीमा १ सय २२ खाद्य वस्तुका नमुना संकलन गरेको छ त्यस्तै १० व्यापारी फर्ममाथि मुद्दा दयार गरीएको छ । केलालीमा ५, कञ्चनपुरमा ४ र डोटीमा १ गरी जम्मा १० व्यापारी फर्म माथि मुद्दा दायर गरएको हो । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले सङ्कलन गरेका विभिन्न खाद्य वस्तुका नमुनाको प्रयोगशालामा विश्लेषण परीक्षण गर्दा प्रतिकूल नमुना फेला परेको प्रमाणित भएपछि १० व्यापारिक फर्ममाथि मुद्दा दायर गरिएको हो न्यून गुणस्तरको खाद्य वस्तु बिक्री वितरण गर्ने उपर सम्बन्धि जिल्लाका जिल्ला प्रशासन कार्यालयमा कार्यालयले मुद्दा दायर गर्ने गरिएको निमित्त प्रमुख लेखक बताउँछन् कार्यालयल आर्थिक बर्ष २०७३÷७४ मा ३५१ वटा नमुना सङ्कलन गरेकामा यीमध्ये ५३ वटा नमुना प्रतिकूल पाइएका थिए । सबैभन्दा बढी कैलाली जिल्लामा ३६ वटा थिए भने, यसैगरी, कञ्चनपुर जिल्लामा १७, डोटीमा तीन, अछाम तथा डडेल्धुरामा एक÷एक व्यापारिक फर्ममाथि मुद्दा दर्ता गरिएको थियो यस चालु आर्थिक वर्ष ७ महिनामा पनि सवैन्दा बढी कैलालीका व्यापारी फर्म माथि नै मुद्दा दायर गरिएको छ । चामल, दाल तथा गेडागुडी, तेल, घ्यू, मैदा, बिस्कुट, दूध र दूधजन्य पदार्थ, नुन, दालमोठ, भुजिया, मिठाई, पानी, सुजी, पिठो लगायतका खाद्य वस्तुको प्रयोगशालामा विश्लेषण परीक्षण गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?