रसुवा, ४ असोज ।प्रहरीले ५० हजार अमेरिकी डलर सहित एक चिनियाँ महिलालाई पक्राउ गरेको छ । रसुवा केरुङ सडकखण्ड अन्तर्गत टिमुरे भन्ने स्थानमा नियमित चेकजाँचका क्रममा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले लि लिवाङ नामकि चिनियाँ महिलालाई पक्राउ गरेको हो । उनको साथबाट १ सयको ४ सय ३५ थान र ५० को १३० थान गरि ५० हजार अमेरिकी डलर बरामद गरिएको शसस्त्र प्रहरीका डिएसपी प्रकाश वाग्लेले लोकपथलाई बताए । महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याडले बेरेर प्लाष्टिकको बट्टामा लुकाएर लैजादै गरेको डलर शसस्त्र प्रहरी र नेपाल प्रहरीले नियमित चेकजाँचका क्रममा बरामद गरेको शसस्त्रका डिएसपी वाग्लेले बताए ।प्रक्राउ परेकि चिनियाँ महिलालाई थप अनुसन्धानका लागि नेपाल प्रहरीले हिरासतमा राखेको छ ।चिनसँग सिमा जोडिएको उक्त क्षेत्रमा पछिल्लो समय अवैध डलर र सुन तस्करी बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया