काठमाडौं । कोरोना भाइरसको महामारीका बेला लकडाउनका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान पाएका छैनन् ।
उनीहरु आफ्नो घर जान चाहन्छन् । यसैबीच एक जनावरलाई घर लिएर जानको लागि लाखौँ रुपैयाँ खर्च भएको छ ।
मालिकबाट टाढिएको कुकुरलाई आफ्नो घर लिएर जानको लागि मालिकले १५ लाख ९ हजार रुपैयाँ खर्च गरेका छन् ।
मुम्बईकी एक महिलाले दिल्लीमा कारणवश छुटेको आफ्नो कुकुरलाई लिएर जान यति धेरै खर्च गरेकी हुन् ।
उनले स्पेशल ६ सिटर प्राईभेट जेट बुक गरेकी छन् । उनको नाम दिपीका सिंह रहेको छ । उनी मुम्बईमा बस्दै आएकी छन् । उनी कुनै पनि मूल्यमा कुकुर लिएर जाने बताउँछिन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया