काठमाडौं । लकडाउन शुरु भएपछि पहिलोपटक आइतवार सुन तथा चाँदीको मूल्य तोकिएको छ ।
साढे दुइ महिनाको अवधिमा सुनको प्रतितोलमा मूल्यमा १० हजार ४ सय रुपैयाँले बृद्धि भएको छ ।
गत चैत ११ गते यता सुन तथा चाँदीको मूल्य निर्धारण गरिएको थिएन। यसअघि चैत १० गते ७७ हजार रुपैयाँमा छापावाला सुनको कारोवार भएको थियो।
आइतवार (आज) छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज बाट मूल्य निर्धारण गरिएको चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेको छ। गत चैत १० गते प्रतितोला चाँदी ७२० रुपैयाँमा कारोबार भएको थियो । भने मूल्य बृद्धि भइ साढे २ महिनापछि आइतवार प्रतितोला चाँदीको मूल्य बृद्धि भइ ९ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
लकडाउनको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाको थियो । तर नेपालमा सुन तथा चाँदीको मूल्य स्थिर रहेको थियो । साढे २ महिनापछि निर्धारण गरिएकाले एकैपटक तोलामा ठुलो अन्तर आएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया