श्रीमती र तीन छोरोछोरीलाई साइकिलमा राखेर ८०० किमीको यात्रा

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित असहाय र मजदूर नै परेका छन् ।

महामारीका कारण मजदूर जहाँ थिए त्यहिँ भोको पेटमा बस्नु परेको छ । त्यसैले पनि उनीहरुको अवस्था दयनीय बनेको छ ।

उनीहरु आर्थिक संकटसँग् पनि त्यत्तिकै लडीरहेका छन् । यस्तै एउटा घटना भारतमा पनि भएको छ ।

भारतको मध्य प्रदेशको बालाघाट जिल्लाको ग्राम खुर्सीपारमा बस्ने एक मजदूरको कहानीले सबैको आँखा आँशु भरिएको छ ।

बुधरामले लकडाउनका कारण सवारी साधन नचले पछि श्रीमती एक छोरा र दुई छोरीलाई साइकिलमा हालेर गाउँ ८०० किमीको यात्रा तय गर्दै गाउँ फर्किएका छन् ।

उनी हैदरावादमा परिवारसँग बसेर मजदुरी गर्थे । तर कोरोनाका कारण रोजगारी नपाए पछि उनले साइकिलमा यति लामो यात्रा तय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?