कोरोनाको बेला मालामाल भए किसान, खेतमा भेटिए सुन चाँदीका गहना

काठमाडौं । मानिसको भाग्य कहिला चम्किन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन । कोरोना महामारीमा कसैलाई आर्थिक संकटले छोपेको छ भने कसैको यहि बेला भाग्य चम्किएको छ ।

यस्तै एउटा घटना भारतको हैदराबाद स्थित तेलंगानामा पनि भएको छ । त्यहाँ खेतमा जोत्न गएका मोहम्मद सिद्दिकी नामका किसानले सुन चाँदिले भरिएको २५ वटा भाँडा भेटेका छन् ।

आभूषणहरुका तौल १ किलोग्राम रहेको बताइएको छ । उनले २ वर्ष अगाडि उक्त जमीन किनेका थिए । त्यसपछि उनले जमीन सम्याउँदै गए ।

त्यसैक्रममा यी सबै खजाना उनले भेटेका थिए । उनले भेटेका सुन चाँदीका गहनामा औँठी, पायलहरु रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?