१३ रुसी नागरिकमाथि अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेपको अभियोग

वासिंगटन, ५ फागुन । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपको बिशेष अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता रोबर्ट मुलरले १३ जना रुसी नागरिकमाथि अभियोग लगाएका छन् ‘ट्रोल फार्म’ भनेर चिनिने इन्टरनेट एजेन्सीसँग सम्बद्ध सो समूहले राष्ट्रपतिमा डोनल्ड ट्रम्पको सम्भावना बढाउने उद्देश्यले जनमतलाई प्रभावित पार्ने गरी अनलाइनमा ठूलो मात्रामा सामग्री राखेको मुलरको कार्यालयले जनाएको छ अमेरिकाले अभियोग लगाएका रुसी नागरिकको सूचीमा क्रेमलिनसँग निकट रहेका व्यापारी युभ्गेन प्रिगोजिन सबैभन्दा माथि छन् । यद्यपि उनले अमेरिकी चुनावमा आफ्नो संलग्नता अस्वीकार गरिसकेका छन् राष्ट्रपति ट्रम्पले चुनावी अभियानका क्रममा कुनै गलत काम नगरेको बताउँदंै आएका छन् डेमोक्रेटिक पार्टीकी नेतृ नान्सी पलोसीले मुलरले लगाएका अभियोगहरूले सन् २०१६ को चुनावमा रुसले हस्तक्षेप गरेको स्वष्ट भएको बताएकी छन् । तर रुसी विदेश मन्त्रालयकी प्रवक्ताले रुसले हस्तक्षेप गरेको आरोप गलत भएको प्रतिक्रिया दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?