काठमाडौ – नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमालको आज जन्मदिन परेको छ । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका उनलाई सामाजिक सञ्जालमा शुभकामनाको ओईरो लागेको छ ।
उनले यसपटक आफ्नो जन्मदिन परिवारसँग मनाउँदैछन् ।
३ दशक लामो सिनेमा जगतको यात्रामा उनले २ सयभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् । तिमध्ये हामी तीन भाइ, देउता, अल्लारे, अजम्बरी नाता, पालेदाई, आशीर्वाद दर्शकको मनमा बस्न सफल चलचित्र हो । उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो।
उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको सम्मानमा धेरै पुरस्कारहरूबाट विभुषित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८ – २०१४) रहेको छ। उनलाई यसै कारण महानायक भन्ने गरिएको छ। विकिपिडीयाले उनले अभिनय गरेका चलचित्रको नाम लेखेको छ ।
५० वर्षको उमेरमा उनले प्रेमिका मधु भट्टराईलाई जीवनसाथी बनाए । बेलाबखतमा उनी जीवनसाथी मधुसँगको तस्वीर सेयर गरिरहन्छन् ।
उनले अनतर्वार्ताको क्रममा भनेका छन्, ‘मैले अभिनय गरेको देवता र वसन्ती सबैभन्दा मनपर्ने चलचित्र हुन् ।’ हमालले आफ्नो उच्च शिक्षा एम ए अङ्ग्रेजी भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका हुन् । उनी समाजसेवामा पनि उत्तिकै लाग्छन् ।
उनलाई धेरैजसोले ‘राजेश दाई’ भनेर चिन्नछन् । उनको बल, बुद्धि र शालिन व्यक्तित्वलाई लिएर बेलाबखतमा ट्रोल बनिरहन्छन् ।
यस्ता छन् राजेश हमालबारे बनाईएका ट्रोलहरु ।
लोकपथको तर्फबाट महानायक राजेश हमाललाई शुभकामना …!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया