२ वर्षसम्मको गर्भाधारण पछि जन्माउँछ हात्तीले बच्चा, यस्तो छ रहस्य !

काठमाडौं । मानिसले ९ महिनाको गर्भधारण पछि बच्चा जन्माउँछ भने बाख्रा ६ महिना, गाई भैँसी ११ महिनाको गर्भधारण पछि बच्चा जन्माउँछन् । तर हात्तीले २ वर्षसम्म गर्भधारण गरेपछि मात्र बच्चा जन्माउँछ ।

यस लामो गर्भाधारणको बारेमा वैज्ञानिकहरुले पत्ता लगाएका कुराहरु आज हामी तपाईलाई जानकारी दिँदैछौँ । हात्ती संसारको एउटा मात्र त्यस्तो जनावर हो जसले दुई वर्षसम्म अर्थात् यति लामो समयसम्म मगर्भधारण गर्दछ ।

प्रेसिडेन्ट अफ दि रोयल सोसाइटी बीमा प्रकाशित एक रिसर्चका अनुसार हात्ती एक सामाजिक स्तनधारी जीव हो साथै धेरै वुद्धीमानी पनि ।

हात्तीले ६८० दिनको समयसम्म गर्भाधारण गर्दछ । अहिलेसम्म जीवविज्ञानले यति लामो समय किन लाग्छ भन्ने कुरा खोतल्न सकेको छैन । तर वज्ञानिहरुले एक उपकरण पत्ता लगाएका छन् जसबाट बिस्तारमा त्यसको बारेमा जानकारी पाइन सकिन्छ ।

यस शोधमा केहि देशहरुको चिडियाखानामा राखिएका अफ्रिकन र एशियनका १७ वटा हात्तीहरुमाथि अध्ययन गरिएको थियो ।

जसमा हात्तीहरुको अणडोत्सर्गका एक विशेष चक्र हुने कुरा पत्ता लागेको थियो । शोधकर्ता डा. ल्यूडर्सका अनुसार हर्मोनको प्रक्रिया नै यो लामो समयावधिको कारण रहेको छ । जो कुनै पनि जनावरको प्रजातिमा पाईदैन ।

शोधमा रहेका एक वैज्ञानिकले २२ महिनाको गर्भावस्थाको समय धेरै लामो रहेको बताएका छन् । त्यस्तै उनीहरु दुई वटा बच्च जन्माउन ५ देखि ६ वर्षको समय लगाउँछन् ।

त्यसैले वैज्ञानिकहरुले हात्ती लोप हुन सक्ने खतरा रहेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?