वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्छ: नेविसंघ

काठमाडौं । नेपाल विद्यार्थी संघ महाराजगन्ज चिकित्सा क्याम्पस एकाइ समितिले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिन नियुक्ति प्रकृया वरिष्ठताका आधारमा हुनुपर्ने जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै नेविसंघले गरिमामय संस्थाको उच्च पदिय नियुक्तिमा दलीय भागबन्डा हुन नहुने धारणा राखेको छ।

राजनीतिक नियुक्ति भए संस्थाभित्र अनियमितता, भ्रष्ट गतिविधि र मेडिकल माफियाहरू हाबी हुने भन्दै नेविसंघले चिन्ता व्यक्त गरेको छ।

वरिष्ठताका आधारमा डिन नियुक्ति नभए कडा आन्दोलन थाल्ने महाराजगंज चिकित्सा क्याम्पसका नेविसंघ अध्यक्ष डा। नहकुल पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?