१० घण्टा लगाएर छात्रले सफा गरे सडक, पाए यस्तो उपहार !

अफ्रिकी मुलका अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या विषयलाई लिएर अमेरिकामा विरोध प्रदर्शन जारी रहेको छ ।

फ्लोयडको हत्या पछि मिनिपोलिसका साथै विभिन्न शहरमा भएको प्रदर्शनले सारा शहर नै अस्तव्यस्त बन्यो ।

पसलहरुमा चोरी हुनुका साथै विभिन्न सालिकहरु ढालियो भने गाडीहरुमा आगजनी भयो । साथै सडक पोस्टरहरु च्यातेर जताततै फालियो ।

आफ्नो शहरको यो अवस्था देखेर एक छात्रले सबै सफा गरिन् । उनलाई त्यो सबै सफा गर्न १० घण्टा लाग्यो ।

१८ वर्षका ति छात्रको नाम एन्टोनियो ग्वेन जूनियर रहेको छ । उनले एक्लै पुरा सडक सफा गरेपछि उनलाई खुशी भएर म्याट ब्लक नामक एक व्यक्तिले कार उपहार दिए ।

साथै उनले कारको एक वर्षको बीमा पनि गरिदिए । त्यति मात्रै नभएर उनलाई कलेजले पनि छात्रवृत्ति प्रदान गरेको छ ।

उनी अध्ययनरत कलेज मेडेलले छात्रवृत्ति प्रदान गरेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?