तीन वर्षदेखि हराएका श्रीमान टिकटकमा भेटिएपछि…

काठमाडौं । भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा भेटेकी छिन् । टिकटकमा भेटेपछि दुईको पुनर्मिलन भएको बताइएको छ ।

पति हराएको निवेदन दर्ता गर्दा पनि उनका पतिलाई पत्ता लगाउन सकेको थिएन ।  ती पुरुष सन् २०१६ मा भागेर तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको बीबीसीलाई पुलिसले जनाएको छ ।

Tamil Nadu woman finds missing husband after 3 years, thanks to ...

पत्नीका एकजना नातेदारले ती पुरुषलाई टिकटक भिडियोमा तेस्रोलिङ्गीसँग देखेपछि प्रहरीले खोजी सुरु थालेको थियो । महिला बस्दै आएको विलुपुरम जिल्लाभन्दा २०० किलोमिटर टाढा दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा पुलिसले उक्त पुरुषलाई भेटाएका हुन् ।

Wife shocked to find Tik Tok video of missing husband married to ...

जिल्लाको तेस्रोलिङ्गी सङ्गठनमा सम्पर्क गरेपछि भिडियोमा देखिएको तेस्रोलिङ्गी महिलाको पहिचान गर्न सहयोग पाएको पुलिसले बीबीसी तमिललाई बताएका हुन् ।

एजेन्सी  

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?