सरकारको पछिल्लो निर्णयपछि सडकमा जे देखियो (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ८० दिन पुगेको छ । गत चैत ११ गते देखि सुरु भएको लकडाउन भएको थियो ।

जेठ ३२ सम्म जारी लकडाउनको आगामी रणनीतिबारे छलफल गर्नको लागि बसेको मन्त्रिपरिषद् बैठकले पसल सञ्चालन गर्ने र निजी गाडी जोर बिजोर नम्बर प्लेटको आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

उच्चस्तरीय समितीले बुझाएको मोडालिटी पास गर्दै मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो ।

कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गतवर्ष चैत ११ गतेदेखि देशभर लागू गरिएको लकडाउनका कारण नागरिकलाई चर्को समस्या पर्न थालेपछि गत साता बसेको बैठकले उच्चस्तरीय समितीलाई लकडाउनको परिमार्जित खाका उपलब्ध गराउन २ दिनको समय दिएको थियो । आगामी असार १ गतेबाट लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।

बिहीबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी साधनको आवागमन बाक्लो देखिएको छ ।

मुख्य सडकहरुमा निजी सवारी साधनहरुको चाप उच्च देखिएको छ । सार्वजनिक सवारी साधन भने सञ्चालनमा आएका छैनन् । प्रहरीले सवारी जाँचलाई खुकुलो बनाएको छ । सडकमा मानिसहरुको आवागमन पनि बाक्लीदै गएको छ । काठमाडौंमा अधिकांश कार्यालय र उद्योग व्यवसाय सञ्चालनमा आएका छन् । न्यूरोड, भोटेबहाल, इन्द्रचोक लगायतका ठाउँमा रहेका अधिकांश पसलहरु बिहानको समयमा खुलेका छन् ।

तस्वीरमा हेर्नुहोस् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?