काठमाडौं । एक पटक दर्शन दिएपछि भईरहेको मन्दिर कसरी गायब होला ? यो अचम्मको कुराले हामी चकित बन्छौँ । सुन्दा पनि हामी विश्वासै गर्न सक्दैनौँ ।
सत्य, त्रेता युगको जस्तो चमत्कार अहिलेको यो २१ औँ शताब्दीमा कसरी भन्ने कुराले पनि हामीलाई यो कुरा विश्वास गर्न गाह्रो पर्छ । तर यो कुरा वास्त्वमा सत्य हो । आज हामी तपाईलाई यसको बारेमा जानकारी गराउनेछौँ ।
संसार रहस्यले भरिएको छ । यो कुरा हामी सबैलाई थाहा नै छ । यो दिव्य मन्दिरको ओज आज भन्दा १५० वर्ष पहिला भएको थियो । जति पुरानो यो मन्दिर छ, त्यति नै अनौठो यसको रहस्य पनि छ ।
यो मन्दिरको पछाडि एक कहानी छ, जो प्राचिन कालमा तारकासुर नाम गरेको राक्षससँग् सम्बन्धित छ । जसले भगवान शिवलाई कठोर तपस्या गरेर प्राप्त गरेको थियो । साथै वरदानमा उसले आफ्नो मृत्यु भगवान शिवका ६ दिनका छोराले मात्र मार्न सकुन् भन्ने मागेको थियो ।
शिवका पुत्र कार्तिकबाट भयो तारकासुरको मृत्यु
उसले आफूले पाएको वरदानको गलत उपयोगले गर्दा उसमा घमण्ड भरिँदै गयो । त्यसपछि उसको भयानक रुप देखेर सबै देवी देवता डराउन थाले ।
सबै गुहार माग्दै महादेवको नजिक गए । त्यसपछि महादेवले आफ्नो शक्तिको प्रयोगबाट श्वेत पर्वतको पिण्डले कार्तिकलाई जन्म दिए । त्यसपछि कार्तिकले तारकासुरको वध गरे ।
तारकासुरको वध भएको ठाउँमा भगवान विष्णुले विश्व नदन स्थलको स्थापना गरे । जसलाई कार्तिकले ने बनाएका थिए ।
त्यहि बेला देखि नै यो मन्दिर लोकप्रिय बनेको थियो । उक्त मन्दिर अहिले स्तम्भेश्वरको नामबाट परिचित छ ।
जम्बुसर तहसीलको काबी कम्बोई गाउँमा यो मन्दिर रहेको छ । यो मन्दिर अरब सागरको बीच क्याम्बे तटमा रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया