मजदूरका लागि भगवान बने अमिताभ बच्चन, ७०० लाई ‘प्लेन’बाट पठाए घर

काठमाडौं । लकडाउनका कारण यतिबेला अधिकांश मजदूरहरुको रोजिरोटी खोसिएको छ । उनीहरु जहाँ थिए त्यहिँ भोकै बस्न बाध्य छन् ।

किनभने लकडाउनका कारण हवाई सेवा तथा सवारीसाधनहरु चल्न सकेका छैनन् ।

जसकारण उनीहरु आफ्नो गाउँ फर्किन पनि पाएका छैनन् । यसैबीच भारतमा पनि लकडाउनका कारण धेरै मजदूरहरु कर्मभूमीमै बस्न बाध्य छन् ।

लकडाउनका कारण सबै बन्द भएपछि उनीहरुको रोजगारी खोसियो नै साथै आफ्नो गाउँ फर्किन पनि पाएका छैनन् ।

यसैबीचमा बलिउड महानायक अमिताभ बच्चनले सडकमा बस्न बाध्य भएका ७०० प्रवासी मजदूरलाई उनीहरुको घर हवाईजहाजबाट पुर्याइदिएका छन् ।

मुम्बईमा फसेका प्रवासी मजदूरलाई उनले बुधवार चार विशेष उडान मार्फत घर पुर्याएका हुन् । प्रत्येक विमानमा १८० जना यात्रु रहेको र बुधवार विहान मुम्बईबाट इलाहबाद, गोरखपुर र वाराणसी पुर्याएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनीहरु आ-आफ्नो घर पुगेपछि महानायक अमिताभ बच्चनलाई भगवान आएर आफ्नो उद्धार गरेको बताएका छन् ।

उनीहरुले आफूले कल्पनै नगरेको कुरा भएको बताएको भारतीय सञ्चारमाध्यममा खबर प्रकाशित छ ।

मजदूरले आफू हवाईजहाजमा चढेर गाउँ फर्किनेमा पहिला विश्वास नलागेको तर सबैको नाम र विवरण बटुलेपछि अमिताभ बच्चनले यो सबै व्यवस्था मिलाएको थाहा पाएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?