काठमाण्डौं, ५ असोज । नयाँ शक्ति नेपालका युवा नेता सुनिल खड्काले आगामी प्रतिनीधि सभा निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट उमेदवारी दिने घोषणा गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता खड्ुकाले आफ्नो गृह जिल्लाबाट उमेदवारी दिने घोषणा गरेका हुन । फेसबुकमा खड्काले लेखेका छन आगामी प्रतिनीधि सभा सदस्यका लागी उमेदवारी दिने तयारी गर्दैछु । देश विदेशमा भएका सबै साथिहरुको साथ सहयोगको अपेक्षा गरे । प्रतिनीधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र भएको सोलुखुम्बुबाट खड्काले उमेदवारी दिने घोषणा गरेका हुन । यसअघि २०७० सालमा भएको संविधान सभाको दोश्रो निर्वाचनमा सोलुखुम्बुबाट काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी विजय भएका थिए । तर पछिल्लो समय सोलुखुम्बुमा काँग्रेस कमजोर बन्दै गएको स्थानीय तहको निर्वाचन परिणामले देखाएको छ । थाईल्याण्डमा व्यवसाय गरेर बस्ने खड्का नेपाल फर्किएर पछिल्ला दुवै बर्ष राजनीतिमा निकै सक्रिय छन । उनी नयाँ शक्ति नेपालको केन्द्रीय आर्थिक विभागका संयोजक समेत हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया