विराटनगर ,५ फागुन -जमरकट्टेल वंशज एकता प्रतिष्ठानले हास्यकलाकारद्वय सितारम कट्टेल‘धुर्मुस’, कुञ्जना घिमिरे‘सुन्तली’ र अर्पण शर्मा जमरकट्टेललाई सम्मान गरेको छ । हास्यकलाकारिता पेसामा रहेका पनि सामाजिक सेवामा बढी क्रियासिल रहेको भन्दै धुर्मुम दम्पतीलाई सम्मान गरिएको हो । यस्तै अर्पण शर्मा जमरकट्टेलले स्मरण क्षमतामा विश्वरेकर्ड राखेर देशलाई नै विश्वभर चिनाएको भन्दै सम्मान गरिएको थियो सम्मानित तिनै जनालाई प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइले खादा र सम्मान पत्र दिएर सम्मानित गरेका थिए । साथै प्रतिष्ठानले ‘धुर्मुस सुन्तली फाउन्डेन’ले निर्माण गर्न लागेको ‘नमुना बस्ती निर्माण’को लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग पनि गरिएको पतिष्ठानका अध्यक्ष कुमारमणी जमरकट्टेलले जानकारी दिनुभयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया