काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले अन्तरिम लाभांश वितरण गर्ने भएको छ ।
बैंकको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८,४१,५४,७१,५७६.३० को ४ दशमलव ७५ प्रतिशतले हुन आउने रकम ३९,९७,३४,८९९.८७ वितरण गर्न स्वीकृत प्राप्त भएकोमा हाल विश्वभर फैलिएको कोभिड–१९ को महामारीले गर्दा उक्त स्वीकृत प्राप्त भएको वार्षिक प्रतिवेदन, वार्षिक साधारण सभा हुन नसकी अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरेको थियो ।
विषम परिस्थितिमा शेयरधनीहरुलाई केही राहत महसुस गराउने हेतुले लाभांश वितरण गर्न लागेको बैंकले जनाएको छ ।
बैंकका अनुसार उक्त स्वीकृत नगद लाभांशको ३ प्रतिशत रकम अर्थात् २५,२४,६४,१४७.२८ रुपैयाँबाट आवश्यक लाभांश कर कट्टी गरी हुन आउने लाभांश रकम २३,९८,४०,९३९.९२ मिति २०७६/११/३० गते कायम रहेका शेयरधनीहरुलाई अन्तरिम लाभांशको रुपमा वितरण गर्ने बैंकको सञ्चालक समितिको निर्णय बमोजिम सम्पूर्ण शेयरधनीहरु/लगानीकर्तालाई जानकारी गराएको बैंकले जनाएको छ ।
साथै बाँकी रहेको नगद लाभांस र बोनस शेयर वार्षिक साधारण सभा भए पश्चात् वितरण गर्ने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया