काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमान्दारी र सच्चा व्यवहार प्रस्तुत गरी सफल प्रधानमन्त्रीका रुपमा इतिहास कायम गर्न सुझाव दिइएको छ लेखन कुञ्जमा आज भएको कार्यक्रममा साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले जनताको प्रतिनिधि भएको हुँदा हरेक क्रियाकलाप र काममा जनताको सरोकार रहने भएकाले निकै सतर्क र चनाखो भएर काम गरी सफल इतिहास बनाउन प्रधानमन्त्री ओलीलाई सल्लाह दिनुभयो आफ्नो चारपटकको प्रधानमन्त्रीतृत्व कालमा राष्ट्र र जनताको पक्षमा धेरै काम गरेको स्मरण गराउँदै अनजानमा बाहेक जनताको हितविपरीत काम नगरेको उहाँले दाबी गर्नुभयो कुञ्जले विशिष्ट व्यक्तित्वको अनुभव आदानप्रदान, सिर्जनशील कक्षा सञ्चालन, विशिष्ट व्यक्तित्वका बारेमा पुस्तक लेखनजस्ता काम गर्दै आएको संस्थाका सम्पादक टंक पन्तले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया