टिकटक चलाउनुहुन्छ ? जान्नैपर्छ यी कुरा, विज्ञ भन्छन् – गोपनियता अरुलाई नसुम्पनू !

काठमाडौं – कलाकारिताको मिनी थिएटर हो, टिक टक । त्यसैमाथि कोरोना भाईरस ‘कोभिड- १९’ को कारण हरेकजसो देशले लकडाउनको नीति अपनाएर नागरिकलाई घरभित्रै बस्न भन्यो । आफ्नो जीवनकालमा पहिलोपल्ट यतिलामो समय घरमा नै थुनिएका मानिसहरुले टिकटकको प्रयोग अत्याधिक गरे । टिकटक विश्वव्यापी महामारीको दौरानमा सबैभन्दा बढी फस्टाएको व्यापार हो ।

कतै घुम्नजादाँ ह्या यतिकै जान्छु भनेर कुनै तयारी नगरी घरबाट  बाहिर निस्कनेहरु पनि टिक–टक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका पछिल्लो समयका युवा पुस्ताले ।

नेपालमा फेसबुक अनि इन्स्टाग्राम र अहिले टिकटकको ट्रेण्ड लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र सम्वादमा अभिनयसमेत गर्न सकिने यो एप्स विश्वभर झण्डै २ अर्ब भन्दा बढीले प्रयोग गर्ने गरेको कम्पनिले विश्वास गरेको छ ।

टिकटक युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ । घर–घरमा कलाकार छन् भन्ने कुरा टिकटकले प्रमाणित गरिदिएको छ । टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । अब चर्चा र प्रसिद्धिका लागि कुनै ठूला सञ्चारगृहको साथको जरुरी छैन भन्ने उदहारण हो, टिकटक ।

नेपालमा पनि टिकटकमा गरेको अभिनयबाट चर्चामा आएका रेश्मा  घिमिरे, सुपुष्पा भट्टराई, अम्रिता गुरुङ, एभिलिना खड्का, मन्जिल बस्नेत,  प्रियंका सिंह, प्रिज्मा खतिवडा, प्रिन्सि खतिवडा आदि त उदाहरणको लागि केहि नामहरुमात्र हुन् ।

त्यसो त ठूलो पर्दामा गनिएका र राम्रो चलेका कलाकार पनि टिकटकमा अभिनय गर्न रुचाउँछन् । टिकटकमा चर्चित चेहेरा अहिले म्युजिक भिडियो र फिल्ममासमेत देखिन थालेका छन् ।

कुनै गीत हिट भयो या भएन भन्ने संकेत पनि टिकटकले दिन थालेको छ । जुन गीतको टिकटकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिने गरेको छ । पहिला नचलेका गितहरु पनि टिकटकको कारण पछि चर्चामा आएका छन् ।

युवा–युवतीसँगै सबै उमेर समुहमा समय बिताउने सिर्जनात्मक मेसो बनेको छ ।

टिकटकमा धेरै समयमा क्रियटिभिटी देखाउन सकिने र आफ्ना फ्यानहरुको वाह-वाह पाउने सकिने भएकोले पनि अभिनेत्री, अभिनेता, गायक–गायिका तथा मोडलहरु पनि टाढा रहन सकेका छैनन् ।

नेपालमो ख्याती कमाउन सफल मानिएका नायीका प्रियंका कार्की, वर्षा राउत, आँचल शर्मा, पुजा शर्मा लगायतले टिकटक एप्स मार्फत भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । नायिकाका मात्र होइनन् नायकहरुमाझ पनि टिकटक निकै पपुलर (लोकप्रिय) हुँदै गएको छ ।

टिकटक एउटा सोसल मिडिया एप्लिकेशन हो जस्को माध्यमबाट छोटो छोटो भिडियो बनाएर शेयर गर्न सकिन्छ ।

‘बाइट डान्स’ नामक चीनको कम्पनीले यो एप बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टोबरमा टिकटक अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न पुगेको टिकटकले लकडाउनमा अर्बौ मानिसको मन जित्यो ।

गुगल प्लेमा टिक–टकको परिचय ‘Short videos for you’ भनेर दिइएको छ । प्ले स्टोरमा टिकटकको बारेमा लेखिएको छः टिकटक मोबाइलबाट छोटा छोटा भिडियो बनाउने कुनै साधारण तरिका होइन । यसमा कुनै बनाबटीपना छैन र यसको कुनै सीमा छैन । चाहे तपाईं बिहान पौने ८ बजे ब्रस गरिरहेको हुनुस् वा नास्ता बनाइरहेको हुनुस् । चाहे तपाईं जेसुकै गरिरहेको र जहाँ सुकै हुनुहोस् टिकटकमा आउनुहोस् र १५ सेकेण्डमा दुनियाँलाई आफ्नो कहानी बताउनुहोस् ।

टिकटकको साथमा तपाईंको जीवन अझै रोमाञ्चक हुन्छ । तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ । आफ्नो भिडियोमा स्पेशल इफेक्ट फिल्टर, ब्युटी इफेक्ट, इमोजी स्टिकर तथा म्युजिक हालेर नयाँ रङ्ग दिन सक्नुहुन्छ ।

टिकटकको रमाइलो तथ्य

टिक टकबाट भिडियो बनाउँदा आफ्नो आवाजको प्रयोग गर्नु पर्दैन । केवल भिडियोमा आवाज अनुसार ओठ चलाए (लिप सिङ्क) गर्दा हुन्छ ।

जसरी फेसबुक तथा ट्वीटरमा आफ्नो अकाउन्ट भेरिफाइड गराउन अर्थात् ब्लू टिक पाउनका लागि प्रयोगकर्ताले निकै मेहेनत गर्नुपर्दछ । त्यस्तै टिकटकमा भेरिफाइड अकाउन्टवाला प्रयोगकर्ताको संख्या निकै धेरै छ । तर टिकटकमा ब्लू टिक होइन सुन्तला रङको रेजा अर्थात् अरेन्ज टिक पाइन्छ ।

जसलाई अरेन्ज टिक प्राप्त हुन्छ त्यसको अकाउन्टमा पपुलर क्रिएटर लेखेको देखिन्छ । साथै उक्त अकाउन्टवालाको भिडियो कतिले मन पराए अर्थात् कति मुटु आकारको संकेत प्राप्त गर्यो भन्ने पनि थाहा पाइन्छ ।

टिकटकबाट आम्दानी

टिकटकको केही फाइदा पनि छ । खासगरी गाउँ र स–साना सहरका लागि यो मानिसहरुको प्रतिभा देखाउने राम्रो माध्यम बनेको छ । कतिपय मानिस टिकटककोे माध्यमबाट आफ्नो अभिनय इच्छा पूरा गरिरहेका छन् । कतिले राम्रो कमेडी गर्छन् त कतिले राम्रो नाच । यतिमात्र होइन, धेरै मानिसहरुले टिकटकबाट पैसा पनि कमाइरहेका छन् ।

टिकटकले फलोअरको आधारमा पैसा दिने गरेको छ  । त्यसको साथै टिकटकमा विभिन्न च्यालेन्ज पनि भइरहेका हुन्छन्  । सबै भन्दा बढि  भिउज र लाइक पाउनेहरु उक्त च्यालेन्जको विजेता हुन्छन् र उनीहरुले रकम पाउँछन् ।

टिकटकको आम्दानीको श्रोत के ?

विज्ञका अनुसार, कुनै पनि देशमा एप लञ्च गरेसँगै कम्पनीहरुले विभिन्न देशमा मान्छे खटाउने गरेका छन् । आम रुपमा यस्ता मानिसहरुलाई भर्ती गरिन्छ जो देख्दा सुन्दर छन्, कमेडी गर्छन् अनि गाउने तथा नाच्ने कला पनि आओस् । उनीहरुले दैनिक रुपमा कुनै भिडियो तयार गरी टिकटकमा हाल्नुपर्दछ र यसका लागि उनीहरुलाई केही पैसा प्राप्त गर्छन् ।

साथै संघर्षको शुरुवाती चरणमा रहेका सेलिब्रेटीहरुलाई पनि यसमा समावेश गरिन्छ । त्यसबाट कलाकारलाई पैसा मात्र होइन, आफ्नो क्षमता देखाउने प्लाटफर्म पनि प्राप्त हुन्छ । अर्कोतर्फ कम्पनी तथा एपको पनि राम्रो प्रचारप्रसार भइरहेको हुन्छ ।

 

 

यसबाहेक कम्पनी तथा साधारण प्रयोगकर्ताका लागि आम्दानीको छुट्टै मोडेल पनि हुन्छ । यदि कसैले आफ्नो भिडियोमा कोकाकोलाको बोतल देखाउदछ वा कुनै स्याम्पुको बोतल देखाउदछ भने भिडियोको लोकप्रियताको आधारमा ब्राण्ड प्रवद्र्धनको माध्यमबाट सम्बन्धित कम्पनीमार्फत एप निर्माता र भिडियो अपलोड गर्ने दुवैलाई आम्दानी हुन्छ । भिडियोको भ्यूज, लाइक, कमेन्ट र शेयरको अनुपातमा टिकटक प्रयोगकर्ताको कमाई तय गरिएको हुन्छ । 

विज्ञहरुका अनुसार अहिले धेरै सोसल मिडिया एप्सले भ्यूजको साटो इन्गेजमेन्ट तथा अन्तरक्रियामा धेरै ध्यान दिने गरेका छन् । अर्थात् भिडियो कति मानिसले हेरे भन्दा पनि कति धेरै मानिसले प्रतिक्रिया जनाए त्यस आधारमा प्रयोगकर्ताको कमाइ बढ्दै जान्छ ।

फाइदा मात्र होइन, बेफाइदा पनि छ

भनिन्छ, सबै चिजको दुईवटा पाटो हुन्छ, सकारात्मकर र नकारात्मक । त्यसैगरि टिकटकमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।

गुगल प्ले स्टोरमा भनिएको छ कि यो एप केवल १३ वर्षमाथिकाले मात्र चलाउन पाउँदछन् । यद्यपि, यो नियम पालना भएको देखिदैन । बच्चाहरुलाई पनि टिकटकमा भिडियो बनाएर राख्ने गरिएको छ भने बच्चाहरुको नाममा पनि टिकटक अकाउण्ट भएको पाइन्छ ।

गोपनीयताको कुरा गर्ने हो भने टिकटक निकै असुरक्षित र खतरनाक छ । किनकि यसमा केवल दुईवटा प्राइभेसी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली  ।

अर्थात् भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडियो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।

यदि कोही प्रयोगकर्ता आफ्नो टिकटक अकाउन्ट डिलिट गर्न चाह्यो भने पनि आफ्नो मनलाग्दी गर्न सक्दैन । यसका लागि उसले टिकटकसँग अनुमति लिनुपर्छ ।

टिकटक पूर्ण रुपमा सार्वजनिक भएको हुँदा कसैले पनि टिकटकमा रहेको जो कसैलाई फलो गर्न सक्दछ, मेसेज गर्न सक्दछ । यस्तोमा कुनै आपराधिक प्रवृत्तिका मानिसले टिकटकमा सानो उमेरका बच्चा बच्ची तथा किशोर किशोरीहरुलाई गुमराहमा राख्ने खतरा हुन्छ ।

टिकटक अकाउन्ट विभिन्न खाले अश्लील सामाग्रीहरुले भरिएको छ । यसमा कुनै फिल्टर छैन । हरेक टिकटक प्रयोगकर्ताले त्यो देख्न सक्दछ । विज्ञहरुका अनुसार टिकटकमा कुनै पनि सामाग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतरनाक हुनसक्छ ।

यस्तोमा टिकटक इन्टरनेटमा अरुको खिल्ली उडाउने वा दुव्र्यवहार गर्ने अर्थात् साइबर बुलिङ्गको अस्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ ।

टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञहरु बताउछन् ।  सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो ।

किशोर किशोरीहरुले अश्लील सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिकटकको अत्याधिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । पछि केही परिवर्तन तथा शर्तनामासँगै टिकटकमाथिको प्रतिबन्ध हटाइएको थियो । तर पनि टिकटकमा अश्लील सामाग्री अपलोड गर्न भने रोकिएको छैन्  ।

कुनैपनि एप डाउनलोड गर्दा हामी निकै गम्भीर हुनुपर्ने हुन्छ । तर हामीले एप डाउनलोड गर्दा त्यसका गोपनियताका शर्तहरुमा खासै ध्यान दिदैनौँ ।

केवल Yes तथा Allow मा टिक गर्दै अघि बढ्दछौँ । आफ्नो स्मार्टफोनको फोटो ग्यालरी, लोकेसन तथा फोन नम्बरहरु सबैमा एपलाई एक्सेस दिन्छौँ ।

त्यसपछि हाम्रो डाटा कहाँ गैरहेको छ ? कसले के मा प्रयोग गरिरहेको छ ? त्यो विषयमा हामीलाई केही थाहा हुँदैन ।

आजकल धेरैजसो एपहरुले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले काम गरिहेका हुन्छन् । यस्तोमा यदि हामीले त्यो एपलाई एकपटक मात्र लग इन गरेर डिलिट गर्यो भने पनि हामीसँग सम्बन्धित विभिन्न जानकारीहरु सधैका लागि जुटाइ सक्छ र पर्मानेन्ट भएर त्यहि बस्छ ।  त्यसैले टिकटक र अरु सोसल साइटको प्रयोगको प्रयोग गर्दा निकै होसियार हुनुपर्दछ ।

टिकटकले ‘भिडियो कन्टेन्ट’मा ठूलो परिवर्तन गर्दै, हटाईदै यस्ता भिडियो !

टिकटक प्रयोगकर्ताहरुका लागि एउटा खबर सार्वजनिक भएको छ । टिकटकले अब छिटै नै आफ्नो भिडियोज कन्टेन्टमा ठूलो परिवर्तन गर्न गईरहेको हो ।

टिकटकले अब त्यस्ता खाले सबै भिडियोज हटाउन गईरहेको छ, टिकटकमा अपलोड गरिएका नराम्रा, घमन्डी किसिमका र लाजलाग्दा र हेर्न योग्य नहुने किसिमका भिडियोजहरु हटाउने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रिमियम युजर्सका लागि आफ्नो भिडियो सुधार्नको र यस किसिमको निर्णय टिकटकले गरेको बताएको छ ।

टिकटकले आफ्नो पोलिसीमा अत्याधिक परिवर्तन गर्न गईरहेको एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएको छ । टिकटकले यसबारे परिवर्तन गर्न आफ्नो मडरेटर्सलाई बिशेष निर्देश दिएको छ ।

युजर्सले आफ्नो लागि नै बनाएको जस्तो लाग्ने भिडियो बाहेक अन्य खालको सबै भिडियो टिकटकले हटाइदिने भएको छ । बेकारका कन्टेन्ट भने युजर्सको आइडीबाट हटाइदिन टिकटकले निर्देशन दिएको हो ।

टिकटकले बडि शेफ धेरै मोटो वा धेरै पातलो, रोग देखिने खाले र कुनै पनि रोग देखिने खालका मानिसले बनाएको भिडियो, पारदर्शी किसिमका कपडा लगाएर बनाएकोे भिडियो, च्यातिएका कपडा लगाएर बनाएको भिडियो हटाउने भएको छ ।

कम्पनीले खराब देख्ने भिडियोले नयाँ युजर्सलाई आकर्षण गर्न नसक्ने भएकोले त्यस्ता किसिमका भिडियोहरु हटाउन लागेको बताएको छ ।

साथै समाजलाई नराम्रो सन्देश दिने खालको भिडियो पनि टिकटकले हटाइदिने भएको हो । टिकटकले त्यस्ता भिडियोहरुबाट गलत प्लेटफर्मको प्रयोग भईरहेको भन्दै त्यस्ता भिडियोहरु हटाउन लागेको बताएको छ ।

त्यसैले कम्पनीले त्यस किसिमका भिडियोहरु भेदभाव, पारदर्शी किसिमका कपडाहरु लगाएर बनाएको भिडियो र नराम्रो कन्टेन्टवाला भिडियोलाई आफ्नो एपमा स्थान नदिने बताएको छ ।

 

फेसबुकमा गर्दै नगर्नुहोस् यस्ता गल्ती, ९६.८ प्रतिशत अपराध फेसबुकबाटै हुन्छन्

टिकटकमा भाईरल बन्न खोज्दा झन्डै गयो ज्यान‘

टिकटक भिडियो बनाउँदा २४ वर्षे युवकको मृत्यु

गोप्य सूचना चोर्न मिल्ने भएपछि अमेरिकामा टिकटक प्रतिबन्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?