काठमाडौं । थाईल्याण्ड एक यस्तो देश हो जहाँ अनौठा कानून रहेका छन् । साथै त्यहाँका नियम धेरै कडा छन् ।
थाई कानूनका अनुसार थार्यल्याण्डमा २० वर्षको भन्दा धेरै समयको जेलको सजाय दिइदैन । तर यस्तो एउटा घटना भएको छ जो, सुनेपछि तपाई पनि अचम्ममा पर्नुहुनेछ ।
थाईल्याण्डको एक रेष्टुरेण्टका दुई मालिकलाई अदालतले कोरोना भाइरसको महामारीका बेला १५ सय वर्षको जेलको सजाय सुनाएको छ ।
किनभने उनीहरुले जति मानिसलाई खाना खुवाउने अर्डर लिएका थिए, ति सबैलाई खाना खुवाउन सकेकनन् ।
मानिससँग एडभान्स पैसा लिएका उनीहरुले सर्भिस दिन सकेनन् । जसकारण रुष्ट बनेका ग्राहकले रेष्टुरेण्ट मालिकमाथि केस दर्ता गरेका थिए ।
बैंककको एक पत्रिकामा छापिएको खबरका अनुसार अपिर्चात बोवोर्नबनचरक र प्यापासोर्न बोवोर्नबनचरक लेएमगेट रेष्टुरेण्टका मालिक थिए ।
उनीहरुले पछिल्लो वर्ष एक अफर निकालेर १० डलर रुपैयाँमा १० जनाले सी फूड खान सक्ने बताएका थिए । तर त्यो कुरा पुरा गर्न नसकेपछि उनीहरुमाथि ग्राहकले केस दर्ता गराएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया